सम्पर्क

चौतारा साँगाचोकगढी नगरपालिकाको ११ औं नगर सभा सम्पन्न

चौतारा साँगाचोकगढी नगरपालिकाको ११ औं नगर सभा आज सम्पन्न भएको छ । नगर प्रमुख एवम नगर सभाका अध्यक्ष अमान सीं तामाङले पानसमा दिप प्रज्वलित गरेर नगरसभाको उद्धघाटन गर्नुभएको थियो । उपप्रमुख जानुका पराजुलीबाट स्वागत मन्तव्य राख्ने क्रममा नगरपालिकाले चालु आर्थिक वर्ष को ०७७÷७८ को सम्पादित महत्वपूर्ण कार्यक्रमहरूको चर्चा गर्नुभएको थियो ।
नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत फडिन्द्रप्रसाद पौड्यालले नगरपालिकाले आर्थिक वर्ष ०७८÷०७९ को हालसम्म हाँसिल गरेका मुख्य –मुख्य उपलब्धीहरुको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले चालु आर्थिक वर्ष ०७८÷०७९ मा १ अर्व २० करोड ५५ लाख ९४ हजार दुई सय दुई रुपैयाँ ४८ पैसा विनियोजन भएकोमा ४२ करोड १० लाख ५९ हजार छ सय ७७ रुपैयाँ एक पैसा अर्थात् ३४.९ प्रतिशत मात्र खर्च भएको छ । पुँजिगत तर्फ ४७ करोड १५ लाख १९ हजार एक सय विनियोजन भएको मध्ये १३ करोड ४८ लाख ४२ हजार चार हजार (२८.१ प्रतिशत ) खर्च भएको छ । त्यसैगरी चालु तर्फ ७३ करोड ४० लाख ७५ हजार एक सय रुपैयाँ ४८ पैसा विनियोजन भएकोमा २८ करोड ८२ लाख १७ हजार दुई सय ६० रुपैयाँ एक पैसा अर्थात् ३९. २ प्रतिशत मात्रै खर्च भएको छ । नगरपालिकाले योजना शाखाबाट गरेको वित्तिय प्रगति १०.०६ प्रतिशत मात्रै रहेको छ ।
नगरसभामा उद्योग वाणीज्य महासँघ सिन्धुपाल्चोकका प्रतिनिधी उजार सीं तामाङ, गैर सरकारी सँस्था महासँघ सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द सापकोटा, नेपाल पत्रकार महासँघका जिल्ला अध्यक्ष जिवन श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका प्रतिनिधी सँजिव तामाङ, एमाओवादीको प्रतिनिधी मिनादेवी नेपाल, नेपाली काँग्रेसका नगर सभापति ईन्द्रलोचन धितार र एमालेका नगर अध्यक्ष खिलबहादुर श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नगरसभाकै अवसर पारेर नगपालिकामा कार्यरत सात जना गोल्डेन ह्यान्ड चेक लिने शिक्षकहरुलाई प्रतिब्यक्ती १ लाख ५० हजार नगदसहित सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा हेमान श्रेष्ठ, मिनाकुमारी नेपाल, तारादेवी राना, बालकृष्ण गिरी, नारायण गिरी, जित बहादुर नेपाल र अमृत बहादुर दँगाल रहनुभएको छ ।