
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ७ वर्षदेखी फरार रहेका अपराधीलाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७१ कात्तिक २ गतेको फैसलाले एक वर्ष छ महिना कैद र एक लाख पचास हजार जरिवाना सजाँय भई फरार रहेका सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गा.वि.स.वडा नं.९ र हाल चौतारा साँगाचोकगढी न.पा.४ बस्ने वर्ष ५३ को वासु भन्ने प्रेम प्रसाद सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
फरार रहेको ७ वर्ष पछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज चौतारा साँगाचोकगढी न.पा.वडा नं.५ स्थित नवलपुर चोकबाट नियन्त्रणमा लिई सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले निज वासु भन्ने प्रेम प्रसाद सुवेदीलाई लागेको कैद जरिवाना असुल उपरका लागि आजै कारागार चलान गरेको पनि प्रनाउ वस्नेतले जानकारी दिनुभयो ।
