

राष्ट्रिय एकताका प्रतीक नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस चौतारामा मनाईएको छ ।
नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहले वाईसे चौविसे राज्यलाई एकजुट गरेर नेपालको सिमाना पुर्वमा टिष्टा काकडा हुँदै पश्चिम किल्ला काकडा सम्म पुगाएकाले नेपाल राष्ट्रका निर्माता शाहको सम्झनामा राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकले पृथ्वी जन्म जयन्ती मनाएको हो ।
कार्यक्रममा सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा राप्रपाका केन्द्रीय सदस्य रामहरी थापाले बाइसे,चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका शाहले भौगोलिक रुपमा नेपाल एकीकरण गरेको बताउँदै उहाँलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य तथा विशेष अतिथी यस्मिन ढुँगानाले ईतिहासलाई अपमानित गर्ने होइन ईतिहाँसलाई गौरव गरेर,ईतिहास वाट पाठ सिकेर अगाडि वढ्न सके मात्रै मुलुक समृद्ध वन्न सक्ने धारणा राख्नुभयो । जिल्ला अध्यक्ष निलध्वज थापाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका पूर्व केन्द्रीय सुदस्य उदय सापकोटा , जिल्ला तथा स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
विसं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।
