सम्पर्क

पैदलयात्रीलाई ठक्कर दिई फरार रहेका टिपर चालक पक्राउ

काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका बा.२ ख ५१४५ नम्बरको टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ–५ घर भएका ३६ वर्षीय दुर्गा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
पदैलयात्री भक्तपुर व्यसी बस्ने कालिकोट पंचाल झरना गाउँपालिका–२ घर भएका २२ वर्षीय बिपिन बिकलाई टिपरले आइतबार राति ठक्कर दिँदा बिपिनको मृत्यु भएको थियो । घटनापछी चालक टिपर सहित फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पेप्सीकोला खहरेमा लुकाई राखेको उक्त टिपर सहित श्रेष्ठलाई सैनिक प्रहरीको सहयोगबाट प्रकाउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।