सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ मा रहेको नेपाल पत्रकार महासँघ शिल्ला शाखाको अध्यक्ष जिवनप्रसाद श्रेष्ठको घरमा चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पुस १२ गते करिब २.३० बजेको समयमा घरमा कोही नभएको अवस्थामा ढोका तथा दराजको ताला फुटाई दराजभित्र राखेका सुनचाँदीका गरगहनाहरु तथा नगद रु . एक लाख एक हजार चोरी भएको भनी श्रेष्ठले प्रहरीमा उजुरी दिनुभएको थियो । सोही उजुरीको आधारमा प्रहरीले घटनामा संलग्न ४ जना मध्य सुनकोसी गाउँपालिका – ६ बस्ने २० बर्षिय कन्चन पराजुलीलाई सोही दिन पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । पिडित श्रेक्ष्ठको घरमै कोठाभाडा लिएर बस्ने अभियुक्त पराजुलीले पीडितको घरपरिवार तथा घरको कोठाबारे जानकारी दिएको प्रहरीले बताएको छ । बाँकी ३ जना मध्ये २ जना नौबिसे र १ जना काठमाडौबाट पौष २३ गते दशी प्रमाण सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिनुभयो । घटनामा संलग्न ५ मध्ये १ जना सामान सहित अहिलेसम्म फरार रहेको प्रनाउ अधिकारलिे जानकारी दिनुभयो । फरार अभियुक्तको खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । घटनामा सँलग्न तिनजनामा ईन्द्रावती गाउँपालिका – १० का २४ वर्षिय मनिष सुन्दास, ईन्द्रावती गाउँपालिका – ९ का २६ वर्षिय बिकी भनिने अनिल तामाङ र २६ वर्षिय बुद्ध तामाङलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
श्रेष्ठको घरबाट चोरी भएको १३ तोला सुनसहीत नगद एक लाख रहेकोमा प्रहरीले अभियुक्तहरुबाट ६ तोला सुन, ४ हजार नगद चोरीमा प्रयोग गरेको मोटरसाइकल १ बटा , नक्कली सुनको गरगहना, मोबाइल सेट ४ वटा रु एक थान थान कन्तुर बरामद गरेको छ । प्रहरीका अनुसार केही सुनका गरगहनाको गालेर स्वरु परिवर्तन गरेको समेत देखिएको छ । प्रहरीका अनुसार हारलाई बेरुवा औँठी र सुनको चुरालाई मुन्द्राको स्वरुपमा गालेको पाइएको छ ।
