सम्पर्क

Author: लोकप्रिय समाचार

गजल

साहित्य
गोमा कुमाल एकान्त नै सहि बरु तिमी भएपछि चाहिंन्नन् कोही अरु तिमी भएपछि । स्वर्गसम्म पुगिन्न कि, भन्ने पिर छैन मलाई तारिदिने सरू तिमी भएपछि । कहाँबाट परून् कुनै बिघ्न बाधाहरु मेरा बाधा टार्ने चरु तिमी भएपछि । मेरो रूप मगमगाउन कुनै कमी छैन मेरा खुशी फुल्ने तरु तिमी भएपछि । सातै सुर र नव रस बोलीमै छ तिम्रो के बाँशुरी, के डमरु तिमी भएपछि । (माथागढी– २ रुप्से , पाल्पा)...

फोनिज सिन्धुपाल्चोकको अध्यक्षमा लालकाजी

ब्रेकिङ न्युज १, समाचार
नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज) सिन्धुपाल्चोकको तेस्रो जिल्ला अधिवेशनले लालकाजी तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध चयन गरेकोे छ । कार्यसमितिको उपाध्यक्षमा कमला पाख्रिन , सचिवमा दिपेन्द्र घले , सह–सचिवमा निर्मल माझी र कोषाध्यक्षमा राजेन्द्र रानामगर निर्विरोध चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा भने आईते तामाङ, सुप्रिन्स कसजु, सिद्धी श्रेष्ठ, फूलमान तामाङ, रविन दनुवार सारोज तामाङ र कल्पना श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनले केन्द्रीय पार्षदमा सुरेश कसजु , जिवन श्रेष्ठ, ङेम्लिङ लामा र केदार माझीलाई चयन गरेको छ भने प्रदेश पार्षदमा भने हेमन प्रधान , सुमित्रा श्रेष्ठ र अस्मी स्याङतान चयन हुनुभएको छ ।...

१० बुँदे प्रतिबद्धता जारी गर्दै जुगलले मनायो लैंगिक हिंसा विरुद्धको अभियान

ब्रेकिङ न्युज १, समाचार
१० बुँदे प्रतिबद्धता जारी गर्दै जुगलले मनायो लैंगिक हिंसा विरुद्धको अभियान जुगल गाउँपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान १० बुदे प्रतिबद्धता जारी गर्दै भब्य रुपमा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको उपप्रमुख श्री बालकुमारी सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गरिएको प्रतिबद्धता पत्रमा महिला विरुद्धको हिंसा अन्त्य गर्नको लागि घरैदेखि सुरु गर्दछौँ , लैङ्गिक हिंसा विरुद्धको सबै खालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुको पालना गर्दछौँ , महिलाको मानव अधिकार संरक्षण गर्न एकतावद्ध भएर लाग्दछौँ , सार्वजनिक वा निजी जीवनमा रहँदा लैङ्गिक आधारमा कसैप्रति शारीरिक, मानसिक, सामाजिक–साँस्कृतिक, राजनीतिक,आर्थिक, यौनिक , भावानात्मक पीडा वा क्षति पुर्याउने कार्य गर्दैनौँ जस्ता कुराहरु समेटिएको छ । त्यसैगरी प्रतिबद्धता पत्रमा लैङ्गिक हिंसा विरुद्ध सदैव बुलन्द आवाज लियर उभिन्छौँँ , ल...

लैङ्गिक हिंसा विरुद्धको १६ दिन ,सचेतना र आयआर्जन मुलक काममा मेलम्चीको जोड

ब्रेकिङ न्युज २, समाचार
 दिपीन ढुँगाना मेलम्ची नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको सचेतना मुलक कार्यक्रम १३वटै वडामा गर्दै सम्पन्न गरेको छ । कानुनी अन्र्तक्रिया , अनुशिक्षण, बक्तित्वकला, नाटक प्रर्दशनी,विद्यालयमा वक्तित्वकला लगायतका विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम समापन गरिएको नगरपालिकाले जनाएको छ । हरेक बर्ष लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गर्ने गरिन्छ । यसै अनुरुप मेलम्ची नगरपालिकाले पनि विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै लक्षितवर्ग लाई आयआर्जन सँग जोड्नका लागि विभिन्न सिपमुलक तालिम देखि सम्मान कार्यक्रम समेत गरेको छ । समाजमा अशक्त, अपांगता भएका ब्यक्ति, एकल महिला लगायतले अझैपनि हिंसाको सिकार हुन परिरहेको छ । त्यस्ता घटनाहरुलाई बाहिर ल्याउन र हिंसा सहेर बस्न हुँदैन भन्ने सन्देश दिनका लागि नगरपालिकाले वडा वडाम...

राजनीतिमा महिला सहभागिता बढाउन जोड

ब्रेकिङ न्युज २, राजनिती
सिन्धुपाल्चोक, जुगल गाउँपालिकाकी उपप्रमुख सिर्जना तामाङ ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी हुदा २३ वर्षकी हुनुहुन्थ्यो । सानै उमेरमा बोझिलो जिम्मेवारी लिनुभएको उहाँ जनताको सेवामा सधैं जिम्मेवार रहनुभयो । विकट गाउँपालिकाको पूर्वाधार समस्या, कानुनी अस्पष्टता, असमान जिम्मेवारी लगायत चुनौती र यदाकदा पारिवारिक असन्तुष्टि सामना गर्दै अघि बढिरहनुभएको उहाँले राजनीतिक यात्राको खाका समेत तय गर्नुभएको छ । स्थानीय जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा खासगरी महिला जनप्रतिनिधिहरुले राजनीतिक जिवनलाई निरन्तरता दिन र नेतृत्व लिन सक्छन् या सक्दैनन् भन्ने बहस चलिरहदा उहाँले १० वर्षे खाका नै तयार पारेको बताउनुभयो । शुक्रबार ललितपुरमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो , ‘उपमेयर, उपप्रमुख धेरैले अबको निर्वाचनमा मेयर वा अध्यक्षमा दा...

लैंगिक हिंसा विरुद्ध सिन्धुपाल्चोकमा विविध कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसर पारेर सिन्धुपाल्चोकमा विविध कार्यक्रमहरु गरिएको छ । जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको आयोजना तथा गैर सरकारी संस्था महासँघको समन्वयमा चौतारामा ७३ औं अन्तराष्ट्रीय मानव अधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन तथा अन्तर्क्रिया कार्यक्रम गरिएको छ । जिल्लामा रहेका गैर सरकारी सँस्थाहरुको सहकार्यमा भएको कार्यक्रममा ईन्सेक प्रतिनिधी नातिवावु धिताल, गैर सरकारी सँस्था महासँघका जिल्ला अध्यक्ष गोविन्द प्रसाद सापकोटा र एनसी नेपालका जिल्ला अध्यक्ष हर्क तामाङले मानवअधिकार उलँघन र महिला हिंसाको वर्तमान अबस्थावारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी कृष्णगोपाल तामाङले यस्ता अभियानहरु अभियानमा सिमित नभएर उपलब्धीमूलक हुनुपर्नेमा जोड दिनुभयो । तामाङले ...

जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

खेलकुद, ब्रेकिङ न्युज २
देवराज सुवेदी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ७ दुवाचौरमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नमुना युवा जागरण समुह मेलम्ची –७ छापको आयोजनामा हुने उक्त प्रतियोगिता यहि मंसिर २८ देखि पौष २ गतेसम्म दुवाचौर सामुदायिक खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. १ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने द्वितीय र तृतीय हुनेले क्रमशः रु. ५० हजार र २० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागि हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर रु. ५ हजार लाग्ने संयोजक ओम तामाङ वाईबाले जानकारी दिनुभयो । देशको राष्ट्रिय खेल भलिबल भएको तथा सिन्धुपाल्चोक जिल्लाभित्र भलिबल खेलाडीहरु धेरै रहेकाले युवा खेलाडीहरुको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको नमुना युवा जागरण समुहका अध्यक्ष सिरचा तामाङले बताउनु भयो ।  ...

भ्रष्टाचार विरुद्ध अन्तर्क्रिया  कार्यक्रम  सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रशासन कार्यालयको आयोजना र सामुदायिक सारथीको सहयोगमा चौतारामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस २०२१ को अवसरमा उक्त छलफल कार्यक्रम आयोजना गरिएको हो । नेपालमा भ्रष्टाचार सामाजिक रोगका रूपमा देखापरेको छ । भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक कानुन निर्माणका साथै कार्यान्वयन गर्ने निकाय पनि स्थापना गरिएको छ । भ्रष्टाचार नियन्त्रणमा सरकार, राजनीतिक दल र प्रशासनले प्रतिबद्धता पनि देखाएसंगै भ्रष्टाचार गर्नुहुँदैन भन्ने विषयमा आम नागरिकबीच एकमत पनि छ । आम नागरिकले स्वतःस्फूर्तरूपमा भ्रष्टाचारविरुद्ध खबरदारी पनि गरिरहेका छन् । सञ्चारमाध्यमले पनि भ्रष्टाचारविरुद्धको अभियानमा सकारात्मक भूमिका खेलिरहेका छन् । यी सबै हुँदाहुँदै पनि समाज भ्रष्टाचारको फैलँदो रोगबाट पीडामुक्त हुन सकेको छैन । बरु यो झाँगिँदै, बाक्लिदै र मौलाउँदै गएको छ । यसै सन्र्दभलाई ...

काँग्रेस अधिवेशन सांगठनिक, आर्थिक सहित तीन प्रतिवेदन पारित

ब्रेकिङ न्युज २, राजनिती
कांग्रेस केन्द्रीय समिति बैठकबाट आर्थिक, सांगठनिकसहित ३ प्रतिवेदन पारित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पेस भएको महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पारित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभापति नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन पनि बैठकबाट पारित भएको छ । चौधौं महाधिवेशनअघि बिहीबार बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरू सहभागी हुनुभएन । कांग्रेसको संस्थापन पक्ष पदाधिकारी थप गर्ने प्रस्तावबाट पछि हटेको छ । चौधौं महाधिवेशनअघि कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता पौडेलसहित अन्य नेताहरू सहभागी नभएपछि उक्त प्रस्ताव पेस नभएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।...

दिवा खाजा ब्यवस्थापन गर्न स्थानिय तहलाई अनुरोध

ब्रेकिङ न्युज १, समाचार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको ब्यवस्थापन गर्नुपर्ने भन्दै स्थानिय तहहरुलाई अनुरोध गरेको छ । केन्द्रका शाखा अधिकृत पद्या शर्मा सापकोटाद्धारा हस्ताक्षरित पत्रमा नेपाल सरकारले आ.ब. ०७७÷ ०७८देअी देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक विद्यालयदेखी कक्षा ५ सम्मका बालबालिकाहरुलाई दिवा खाजाको ब्यवस्था गरिएको छ । स्थानिय स्तरमा उत्पादन भएका खाद्य बस्तुहरुको उपयोग गरी विद्यालयले साप्ताहिक रुपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने ब्यवस्था रहेको सन्र्दभमा कतिपय स्थानिय तहभित्रका केही विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरीद गरी खुवाउने जानकारी आएकाले यस्ता कार्य नगर्न पत्रमा आग्रह गरिएको छ । सरकारको निति विपरित र बालवालिकाको स्वास्थ्य सँवेदनशिलता असर पर्ने भएकाले साथै स्थानिय कृषकको आय स्तरमा सुधार गर...