नवलपुर प्राथामिक अस्पताललाई सप्रोस नेपालद्धारा संचालित समावेशी विपद व्यबस्थापन परियोजना अन्तर्गत अस्पताल संञ्चालन समितिसँगको सझेदारितामा निर्माण गरिएको अस्पताल आकस्मिक संञ्चालन योजना हस्तान्तरण गरिएको छ ।
एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई सो योजना हस्तान्तरण गरिएको हो । आइतबार २३ गते इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोकको नवनिर्मित नवलपुर प्राथमिक अस्पताल एक कार्यक्रमबीच उद्घाटन गरिएको थियो । आपतकालीन समयमा कसरी काम गर्ने ,कसरी नेतृत्व गर्ने जस्ता महत्वपूर्ण कामहरु समेटिएका हुन्छन् । यसले गर्दा आपतकालीन अवस्थामा बिरामी या घाइतेहरुको उपचारमा थप सहयोग पुग्ने सप्रोस नेपालका बरिस्ठ सामाजिक परिचालक सुरज न्यौपानेले जानकारि दिनुभयो । अस्पताल भित्रै कुनै बिपद आइपर्दा सुरक्षित हुने उपाएहरु समेत यसमा समेटिएको छ ।
