होटल ब्यवसाय चलाउन सहज छैन —रामचन्द्र नेपाल , होटल ब्यवसायी
2078-0
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५का नारायण दत्त नेपाल र हर्क कुमारी नेपालको कोखबाट २०३२ साल साउन ५ गते जन्मनुभएका रामचन्द्र नेपालले १ लाख लगानी गरेर २०६४ सालमा सुरु भएको आरसी होटल अहिले चौताराको चलेको होटलमा पर्दछ । होटल ब्यवसायबाटै चौतारामा घर समेत बनाउनुभएका नेपालसँग लोकप्रिय समाचार दैनिकका समाचारदाता करिस्मा लम्सालले गरेको छोटो भलाकुसारी —
१. तपाईहरुले होटल ब्यवसायमा लागेर के सफलता पाउनुभयो ?
हामी यो होटल ब्यवसाय श्रीमान ,श्रीमती मिलेर सञ्चालन गर्छौ । यो ब्यवसाय सञ्चालन गरेर चौतारा सदरमुकाममा २५ लाखको घर बनाउन सफल भएका छौ । २ छोरी र एक छोरालाई राम्रो शिक्षा दिन सकिएको छ । यो पेशा गरेर सफलतानै मिलेको छ ।
२.यस क्षेत्रमा काम गर्दा कतिको सहजता पाउनु भएको छ ?
यो ब्यवसाय गर्न तेती सहज त हुँदैन अन्य कामजस्तो । कहीलेकाँही भिडभाड हुन्छ । खाना , खाजा बनाउन पर्छ त्यती सजिलो त छै...
