सम्पर्क

Author: लोकप्रिय समाचार

टेवा संस्थाको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री सहयोग

#, स्वास्थ्य
टेवा संस्थाको आर्थिक सहयोगमा आदिवासी जनजाति महिला उत्थान केन्द्रको समन्वयमा कोभिड स्वास्थ्य सामग्री वितरण गरिएकोछ । यहि फाल्गुण ४ गतेका दिन सिन्धुपाल्चोक जिल्ला स्वास्थ्य ,इर्खु स्वास्थ्य चौकी, स्याउले स्वास्थ्य चौकी,साँगाचोक स्वास्थ्यचौकी,बतासे स्वास्थ्य चौकीहरुमा कोभिड १९ न्यूनिकरणका लागि फेसमाक्ससर्जिकल गोल्वस, ह्याड्वास लगायत स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्यका प्रमुख राजाराम कार्की र आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ्गबाट हस्तान्तरण गरिएको थियो ।...

प्रेस चौतारीको पाँचौ अधिवेशन भोली ,आठ पत्रकारलाई पुरस्कृत एकलाई सम्मान गरिने

समाचार
प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशन भोली चौतारामा हुने भएको छ । चौतारीको अधिवेशनको अवसरमा आठ जना पत्रकार पुरस्कृत हुने भएका छन् भने एक पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । चौतारीले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशिलता पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसका सम्पादक मातृका पौडेललाई पुरस्कृत गरिने भएको छ । १० हजार १ सय ११ राशीको यो पुरस्कार पहिलो वर्ष दोलखाका पत्रकार राजेन्द्र मानन्धरलाई पुरस्कृत गरिएको थियो । त्यस्तै प्रेस चौतारी सम्मानबाट पत्रकार प्रमोद न्यौपानेलाई सम्मान गरिने चौतारीका संयोजक विदुर आचार्यले जानकारी दिनुभयो । त्यस्तै सिन्धु चौतारी युवा क्रियाशिलता पत्रकारिता पुरस्कारबाट रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदीलाई पुरस्कृत गरिदैछ । उक्त पुरस्...

राप्रपाद्धारा स्वास्थ्य सामग्री वितरण

समाचार, स्वास्थ्य
राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको दुई वडामा स्वास्थ्य सामग्री प्रदान गरेको छ । बुधवार वडा नम्बर ८ इर्खु र वडा नं ६ गिदाने स्वास्थ्य कार्यालयमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको चौतारा साँगाचोकगढी नगर समितिका अध्यक्ष शेरबहादुर ठकुरीले जानकारी दिनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा राप्रपाको केन्द्रिय सदस्य यस्मीन ढुङ्गाना, पूर्व केन्द्रिय सदस्य उदय सापकोटा, पूर्व क्षेत्रिय अध्यक्ष फणिन्द्र दाहाल, नेताहरु प्रविण श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो ।  ...

एमसिसि टेबुल नगरी एमालेको धारणा सार्वजनिक हुँदैन — पोखरेल

ब्रेकिङ न्युज २, राजनिती, समाचार
एमसिसि संसदमा टेबुल भएपछि मात्रै एमालेको आधिकारीक धारणा सार्वजनिक हुने नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताउनुभएको छ । बुधवार सिन्धुपाल्चोकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले आफ्नो पार्टीको माग पुरा नहुञ्जेल संसद चल्न नदिने र संसद नचलुञ्जेल संसदमा पेश हुने कुनै पनि विषयमा आधिकारीक धारणा सार्वजनिक नगर्ने बताउनुभयो । गठबन्धन सरकारकै नेतृत्व भएको बेला यो सम्झौता भएकोले अहिलेको सरकारले नै यसको विषयमा जवाफ दिनुपर्ने महासचिव पोखरेलको धारणा छ । अहिलेको सरकारका मन्त्रीहरु एक पछि अर्को गर्दै जनतासामु नाङ्गीदै जाँदा पनि सरकारले लाचार भएर कार्वाही गर्न नसकेको बताउँदै उहाँले गौर हत्याकाण्डको विषयमा मन्त्री रेणु यादवको भनाइ, आफुले खोप किनेर लगाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाको अभिव्यक्ती र प्रेम आलेको अश्लिल शब्दका विषयमा सरकार मौन रहनु नै गलत रहेको बताउनुभयो ।...

केदार क्षेत्रीद्धारा नेकपा (एमाले) परित्यागको घोषणा

ब्रेकिङ न्युज १, राजनिती
निर्मल बस्नेत नेकपा (एमाले) बागमती प्रदेश सदस्य एवम् सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले एमाले परित्याग गरेको घोषणो घोषणा गर्नुभएको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै क्षेत्रीले एमाले परित्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले भर्खरै सकिएको एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबीसमेत गर्नुभएको थियो । क्षेत्री २०३८मा एमालेको विद्यार्थी संगठनमा आवद्ध हुनुभएको थियो । उहाँ अनेरास्ववियको जिल्ला अध्यक्ष समेत हुनुभयो । विद्यार्थीको अञ्चल कमिटी सदस्य हुँदै क्षेत्री पार्टीको नवौं र दशौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्मा निर्वाचित हुनुभउको थियो । गएको अधिवेशनमा आफूले अध्यक्षमा दाबी गर्दा पनि नेतृत्व छनोट गर्ने अध्यक्ष मण्डलले कुनै सल्लाह नगरेको उहाँको आरोप छ । अध्यक्ष मण्डलले कमल नेपाललाई एमालेको जिल्ला अध्यक्ष बनाएको ...

जितेन्द्र रसिकको ‘हनुमानको करामत’ बालकथा सार्वजनिक

साहित्य
बालसाहित्य क्षेत्रमा कलम चलाउदैं आउनुभएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ । बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालिले बजारमा ल्याएको हो । उक्त चित्रकथामा बालमनोविज्ञानमा आधारीत रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ । चित्रकथामा बालबालिकाले सजिल बुझिने गरि सरल भाषा र चित्रकोे प्रयोग गरिएको छ । ऐतिहासिक विषयलाई जति पढ्यो त्यति नै पढुँ पढुँ लाग्ने गरि कथा प्रस्तुत गरिएको छ । कथामा अयोध्याका राजा राम उपत्यका चहार्ने क्रममा समस्यामा पर्दा आफ्ना परमभक्त हनुमानले देखाएको करामतको पर्दाफास गरिएको छ । राम र हनुमानको उपत्यका यात्राका विषयलाई मिथकमा आधारित भएर कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । कथा कृति पढेपछि बालबालिकाले भरपुर मनोरञ्जनका साथै राम र हनुमानका ऐतिहासिक विषयबारे पनि जानकारी लिन सकिने कथाकार रसिकको भनाई छ । कथामा राम र हनुमान भ्रमणका क्रममा भ...

सम्बोधन

साहित्य
सुष्मा तिमल्सिना प्रिया, मैले तिमीलाई चौतारीमा कुरिरहँदा पर क्षितिजमा पृथ्वीले घामलाई कोखिलामा च्याप्दै थिइन् पृथ्वी सँग मिलनको खुशीमा हो वा के हो घाम लाजले रातिएका थिए। मेरै माथि आमा लाई बोलाउँदै पीपलका हाँगामा चिर्बिराइरहेका बचेराले पर आकाशमा चुच्चोमा चारा बोकेर फर्किँदै गरेकी चरी आमा देखेर आनन्दातिरेकमा गीत गाए झैं सुनिन्थ्यो। तिम्रो प्रतिक्षामा एकतमास भएको मनमा चलिरहेको बतासको सुमधुर ध्वनिले सङ्गीत भरिरहेको थियो मन उद्वेलित थियो सुकेका पातमा हिँड्दा आउने चरप् चरप् श्रुतिमधुर ध्वनि मेरा कर्णकुहरमा पर्नु सँगै मलाई तिमी आउँदै गरेको अनुमान भएको थियो । परै बाट मेरा नजरले तिमीलाई भेट्टाएपछि र, तिम्रा नजरले मलाई हाम्रा आँखा चार बाट दुई भएका थिए। तिमी मेरा नजीक आउनु सँगै मेरा पाइला पनि तिमी तिर अनायास कुदेका थिए। तिम्रा हात माथी मेरा हात परेपछि हा...

स्वस्थ जीवनशैलीका ९ सुत्र

जिबनशैली
स्वस्थ जीवनशैलीले प्राकृतिक रुपमा नै उच्च तहको उर्जा प्रदान गर्छ र फूर्तिलो बनाउँछ। यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न कहिल्यै पनि ढिलाई गर्नु हुँदैन। स्वस्थ जीवनशैलीका केही आधारहरु यी हुन्: १. निन्द्रा : निन्द्रा स्वस्थ जीवनशैलीको एउटा अभिन्न पाटो हो। शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी फूर्तिलो भएर काम गर्न शरीरलाई निन्द्रा आवश्यक हुन्छ। व्यस्त जीवनशैलीका कारण केही मानिस पर्याप्त निन्द्रा पाउन सक्दैनन्। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ। २. पानी : पानी सम्पूर्ण जीवित प्राणीलाई बाँच्नका लागि नभई नुहने तत्व हो। पानीबिना जीवनको अस्तित्व नै असम्भव छ। मानिसको शरीर पानीले नै बनेको हुन्छ र शरीरमा बारम्बार पानी पूर्ति गर्...

सुन्दर बगर !

साहित्य
संजिता धमला कति सुन्दर बगर ! बालुवाको ओछ्यानमाथि ढुङ्गै ढुङ्गा सुतेको देख्छु यताबाट हावा उड्छ उताबाट हुरी कुद्छ चापमा परेको बालुवा बतासमा सवार हुँदै अर्को ठाउँमा थुम्को बन्छ । अनि कोही–कोही बगर भो जिन्दगी भन्दै उदास मनको बिरक्ती बालुवा उडाएर नदी बालुवाको सम्बन्ध बिर्सिन्छन् कति सुन्दर बगर ! कलकल जलको साथमा बैँस धुँदै सृष्टिको उद्गमदेखि गन्तव्यको हरेक मोडमा पानीलाई छेकाछेकी उर्लँदो जवानी मैथुन गर्दै बगेर सुतेको छ । विचरा ढुङ्गाहरू हृदयविहीन बनेर बालुवामाथि रित्तै सुतेको देख्छु अनि भन्न मन लाग्छ धत् ! हरिलट्ठक कसैलाई कोरा ठानेर किन जिस्काउँछस् कत्रो छ महानता बगरको अनि मोहनी जिन्दगीको नगिज्या बालुवालाई पानीसँगै जिन्दगानी मोहनीमा तरङ्गित छ ।  ...

सिन्धुपाल्चोक प्रहरी बागमती प्रदेशभरबाट कार्यसम्पादन मूल्याङ्कनमा प्रथम

समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक कार्यसम्पादन मूल्याङ्कनमा बागमती प्रदेशभरबाट प्रथम भएको छ । कार्य सम्पादन सम्झौताको ‘मासिक मूल्याङ्कन मापदण्ड– २०७८’ अनुसार २०७८ श्रावणदेखि पौष महिनासम्मको मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालयतर्फ ८४.६७ अंकका साथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक उत्कृष्ट भएको हो । प्रथम हुन सफल जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको छ ।...