सम्पर्क

Author: लोकप्रिय समाचार

खनालद्धारा कोचिङ कक्षा संचालनको लागि आर्थिक सहयोग

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिका वडा नं. १० शिखरपुरमा सञ्चालित श्री शितलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई कोचिङ कक्षा संचालनको लागि आर्थिक सहयोग गर्नुभएको छ । उक्त सहयोग गर्न प्रतिबद्धता गरेअनुरूप मेलम्ची नगरपालिका वडा नं. –१० नेपाली कांग्रेसका सभापति एवं युवा नेता, समाजसेवी तथा शिक्षाप्रेमी अमृत खनालबाट शुक्रबार नगद रु ५०,००० (अक्षररूपी पचास हजार ) सहित मास्क विद्यायलयलाई हस्तान्तरण गर्नुभएको थियो । माध्यमिक तहका विद्यार्थीले अंगेजी, गणित र विज्ञान विषयको ट्युसन पढ्दै आएको हँुदा ट्युसन पढ्न बाहिर जाने दर घटाउने र ट्युसन पढ्ने खर्चमा सहज अवधारणा सहित सहयोग गरिएको उहाँको भनाइ छ । आफ्नो गाँउठाँउको विद्यालयलाई गरेको सहयोग प्रशंसनीय भएकोले शितलादेवी माध्यमिक विद्यालयका शिक्षक ,विद्यार्थीे तथा विद्यालय परिवारको तर्फबाट सहयोगीदाता खनाललाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै ...

खोलामा डुबेर किशोरीको निधन

जिबनशैली, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी न.पा.वडा नं.१३ निबासी रमा राना मगरको होली पुर्णीमाका दिन पौडी खेल्ने क्रममा निधन भएको समाचार प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधीकारी प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेत का अनुसार चौसागढी १३ स्थित झ्याडी खोलामा झ्याडी खर्क गाँउ बस्ने ठग बहादुर राना मगरको छोरी वर्ष १६ कि रमा राना मगरको डुबी मृतक अवस्थामा लास फेला परेको र सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको छ ।...

१० करोडको लिफ्ट खानेपानी आयोजना सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
ईन्द्रावती गाउँपालिका वडा नं १० मा JAFS को सहयोगमा निर्मित लिफ्ट खानेपानी आयोजनाको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङको प्रमुख आतिथ्यता कार्यक्रममा व्ब्ँक् संस्थाको तर्फबाट JAFS ⁄AFS का अध्यक्ष नोरिको आचुताबाट इन्द्रावती १० को बुढिचौर खानेपानि उपभोक्ता समितीको अध्यक्ष लिलामणी आचार्यलाई परियोजना हस्तान्तरण भएको हो । कुल १० करोड लगानीमा व्ब्ँक् संस्थाले ३ बर्ष अघि देखि लिफ्ट परियोजना कार्यक्रम संचालनमा ल्याएको थियो । इन्द्रावती १० को पुछार झ्याँडी खोला देखि बोरिङ गरि लिफ्ट मार्फत इन्द्रावती १० को पर्यटकीय स्थल बुढिचौर सम्म पानी लिफ्ट संचालनमा आएको इन्द्रावती १० का वडा अध्यक्ष जीवन कुमार थापा मगरले जानकारी दिनुभयो । अध्यक्ष थापा मगरका अनुसार यो कार्यक्रमले इन्द्रावती १० का सम्पुर्ण बस्तीहरु लाई समेटेको छ । परियोजना बाट ५०० घर धुरी लाभान्वित ...

शिक्षकको कुटपिटबाट ११ बिद्यार्थी घाईते

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नम्बर – १ अवस्थित श्री आनन्द माध्यमिक विद्यालयमा अध्ययनरत ११ कक्षाको विद्यार्थीहरुलाई विद्यालय सहायक प्रधानध्यापक दिपक तामाङले कक्षामा अन्धाधुन्ध पायपको लठ्ठीले कुटपिट गर्दा ११ जना विद्यार्थी घाइते भएका छन् । विद्यार्थीहरुको हात फ्याक्चर हुनुका साथै शरीरमा नीलडाम देखिएको छ । पीडित पक्षले जलविरे इलाका प्रहरी कार्यलयमा जाहेरी दिनुभइको छ । पीडित विद्यार्थी पक्षले शिक्षकलाई कडा भन्दा कडा कारवाही गर्नको निमित्त प्रसासन समक्ष माग गर्नुभएको छ । घाईते हुने विद्यार्थीहरुमा दिपिका श्रेष्ठको ढाडमा नीलडाम र हात फ्याक्चर भएको छ भने सीमा श्रेष्ठ, सप्रीना भुजेल, सम्झना श्रेष्ठ, राजकुमार सुनवार, विजय बहादुर भण्डारी, दिलिप श्रेष्ठ , नोर्माई स्याङ्बो समेत घाइते रहेका छन् । बाल अधिकार हनन र बाल संरक्षणको निमित्त शिक्षकले सिकाउनु पर्ने ठाउँमा अन्धाधुन्ध पलास्टिकको पाए...

जनहितको साधरण सभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४ डडुवामा रहेको जनहित दुग्ध सहकारी संस्था लि. को २३ ओेै बार्षिक साधरण सभा एक समारोहका बिच सम्पन्न भएको छ । वडा नं १४ का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको साधरण सभाले आयब्यय अनुमोदन गर्नुका साथै आगामी बर्षको लागी निती तथा कार्यक्रमहरु पारित गरेको छ । श्री जनहित दुग्ध सहकारि सस्था लि. का अध्यक्ष बद्रि प्रसाद नेपालको सभापतित्वमा भएको २३ औ सधारण सभामा सहकारीका सह सचिब तथा ब्यबस्थापक अनील पराजुलीले संस्थाको आयब्यय तथा निती कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिबेदन माथि छलफल उठेको प्रश्नको जवाफ दिदै अध्यक्ष बद्री प्रसाद नेपालले दुध उत्पादन गरेर सहकारी माल्याउँने लाइ सबै भन्दा बढी दुध उत्पादन गर्ने लाइ प्रोत्साहन गर्ने परम्परा रहेको बताउँनु भयो । उँहाले सहकारीको माध्ययमबाट गरेका कामहरु सफलतामा जाने समेत ब...

सुर्यमुखी साना किसान कृषी सहकारीद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड भोटेचौरले आफ्ना सदस्य ,बजार प्रतिनिधिलाई एक दिने समुह सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त संस्थामा आबद्ध संस्थाका प्रधिनिधिहरुलाई पूर्ण रुपमा व्यावसायिक योजना निर्माणमा सक्षम बनाउने र उहाँहरु मार्फत सदस्यहरुलाई व्यावसायिक योजना बनाउन सिकाउनु तालिमको लक्ष्य हो । आफ्ना सदस्यलाई सहकारीको सेवा र सहकारीलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने विषयमा मेलम्ची ४ र ५ को भदौरे, ३ को हैबुङ, २ को जैसी गाउँ, १२ र १ का लागि डाँडागाँउ वडा नं १ को माथिल्लो भेगको भोटेचौरमा कार्यक्रम गरिएको हो । अभिमुखिकरणमा संस्थाका सेयरधनी सदस्यहरुलाई जनप्रतिनिधिको उपस्थितीमा कार्यक्रम संचालन गरिएको संस्थाका अध्यक्ष मित्रलाल चौलागांईले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष चौलागाई, प्रवन्धक बिना पोखरेल,ऋण प्रमुख अनुस्का थापा ऋण सहायक प्रकाश लामिछा...

डडुवा कांग्रेसको टोल समिती गठन

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोकको १४औ अधिवेसन सकिए लगायत बुधबार चौतारा साँगाचोकगढी १४ को नमुना झ्याडी माझी बस्तीमा टोल इकाइ समिती गठन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ का वडा सभापति विनोद तामाङ्ग, उपसभापती राम्जी नेपाल, युवा नेता क्षेत्रीय प्रतिनिधी, केशर बहादुर श्रेष्ठ, विजय श्रेष्ठ, महिला संघको नेतृ तथा क्षेत्रीय प्रतिनीधि गोमादेबी दुलाल , क्षेत्रीय प्रतिनीधि सिर बहादुर तामाङ्गको बिशेष उपस्थितीमा टोल इकाइ गठन गरिएको इकाइका प्रचार प्रसार समितीका संयोजक तथा क्षेत्रीय प्रतिनीधी श्याम पराजुलीले जानकारी दिनु भयो । समिती गठनमा लाग्नु भएका युवा नेता बिजय श्रेष्ठका अनुसार नमुना झ्याडी माझी बस्तीमा प्रतिमान माझीको संयोजत्वमा टोल इकाई समिती गठन सम्पन्न गरिएको हो । समितीका सभापतिमा निर्मल माझी उपसभापति सन्तोषी माझी, उपसभापति भत्त mमाझी, सचिव राजाराम माझी र रण बहादुर माझी, सहसचिव सुर्य...

सुचनाको आतंकमा स्थानीय सरकार

ब्रेकिङ न्युज २
सिन्धुपाल्चोक जिल्ला चौतारामा आज भएको साुमदायिक सारथीको आयोजना र जिल्ला प्रशासनको समन्वयमा सुचनाको हक अन्र्तगत स्वत प्रकाशन गनुपर्ने सुचनाको अवस्था र चुनौती विषयक अभिमुखिकरण कार्यक्रममा स्थानीय सरकारका सुचना अधिकारीहरु सुचना आतंकमा रहेको बताउनुभएको छ । अधिकांश स्थानीय सरकार तथा जिल्लाका कार्यालयमा स्वत प्रकाशन गर्नुपर्ने सुचना प्रकाशन नभएको बताउनु भयो । सुचना अधिकारीहरुलाई कार्यलयले सुचना अधिकारीको जिम्मेवारी दिए पनि कार्यलयकै सुचनाको अभाव हुने दुखेसो पोख्दै अझ यो समस्या स्थानिय तहमा बढी भएकोले सुचना अधिकारीहरु समस्यामा रहेको बताउनुभएको थियो । यसका साथै स्थानीय तहमा सुचनाको आतंक रहेको बताउनु भयो । मेलम्ची नगरपालिकाका सुचना अधिकारी झपेन्द्र नाथ खरेलले केहि व्यक्तिहरु अनावश्यक सुचना माग गर्ने र कर्मचारीलाई तनाव दिने नियतले माग गर्ने गरेकोले मारमा परेको बताउनु भयो । पाँचवर्षको सबै विवरण माग ग...

सिन्धु प्रहरीका नेपाल सहित ४ जना पुरस्कृत

ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले घनश्याम नेपाल लगाएत उत्कृष्ट कार्य गर्ने ४ प्रहरी कर्मचारीहरूलाइ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकद्धारा पुरस्कृत गरेको छ । नेपाल प्रहरी संगठनको छविलाई उच्च राख्न आफुलाई सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक इमान्दारी र अनुशासित भइ प्रशंसनिय ढंगबाट कार्य सम्पादन गर्ने उत्कृष्ट प्रहरी नायव निरीक्षक घनश्याम नेपाल प्रहरी निरीक्षण रमेश कुमार श्रेष्ठ प्रहरी जवान सुवास महत प्रहरी जवान तन्जन थामीलाइ पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनु भएको छ । सुचना अधिकारी तथा प्रनाउ बस्नेतका अनुसार प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ देहाय बमोजिम अभिलेखमा जनिने गरि नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको हो ।...

रक्तमाला बछलादेवी मन्दिर उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ मा निर्माण भएको मन्दिरको एक कार्यक्रमका बिच उद्घाटन भएको छ । चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ मा तीन लाख पैसठ्ठी हजारमा निर्माण भएको मन्दिरलाई नगरपालिकाले आर्थिक सहयोग गरेको मन्दीरका पुजारी तिलक नेपालीले जानकारि दिनु भयो । उहाँका अनुसार दुईलाख पचास हजार रुपैया १४ नम्बर वडा कार्यलयबाट सहयोग गरेको छ । नपुग रकम नगरपालिका को मेयर कोष बाट सहयोग गर्न लागेको प्रगतिसिल टोल बिकास समितिका अध्यक्ष धन कुमार नेपाल ले बताउँनु भयो । मन्दीरको उद्घाटन गर्दै वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले चौतारा साँगाचोकगढी नगरपालिका ले खास गरि बिकासको क्रमलाई तिब्र दिदै धर्म सस्कृति र परम्परालाई जगेर्ना गर्ने क्रमलाई निरन्तरता दिई रहेको बताउँनु भयो । उँहाले धर्म भनेको अनुशासान हो भन्दै अनुशासन नै धर्म हो भन्नु भयो । बिशेष अतिथी डडुवा भवानी शंकर माध्यमिक बिद...