झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न
झुल्केघाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्चीको १३औं बार्षिक साधारण सभा मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्य एवम् संस्थाका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले सहकारी भनेको केवल बचत र ऋणको कारोबार मात्र नभएर आपसी विश्वास, सहकार्य, पारदर्शिता र सामूहिक समृद्धिको माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले सहकारीलाई मूल्यमान्यता, सिद्धान्त र नियमभित्र रहेर सञ्चालन गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । सहकारीको दीर्घकालीन सफलता यसको सुशासन, जवाफदेहिता र पारदर्शितामै निर्भर हुने भन्दै संस्थाको अस्तित्व, विश्वसनीयता र व्यवस्थित सञ्चालनका लागि सबैजना एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उपप्रमुख प्रधानले सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूलाई मध्यनजर गर्दै उद्देश्य मि...




