भर्चुवल विधि मार्फत अन्तक्र्रिया कार्यक्रम सम्पन्न
नागरिकहरुकोे नजिकको सरकारले कानुन कसरी बनाएको छ भन्ने विषयमा एक अन्तक्र्रिया कार्यक्रम माघ १० गते सम्पन्न भएको छ । सामुदायिक सारथीको आयोजनामा बढ्दो कोरोना सक्रमणको अवस्थालाई मध्यनजर गर्दै भर्चुवल विधि मार्फत अन्र्तक्रिया गरिएको थियो ।
स्थानिय सरकारले हाल सम्म आवश्यक कानुन कसरी बनाएको छ र यसमा नागरिकहरुको सहभागिता कसरी भएको छ । भन्ने विषयमा जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधि सञ्चारकर्मीहरु बिच उक्त छलफल गरिएको थियो । छलफलमा पाँचपोखरी थाङपाल गाउँपालिका विधायन समिति संयोजक गिता धितालले पाँचपोखरी थाङपाल गाउँपालिकामा हालसम्म बनेका ऐन, कार्यविधि केन्द्रले तयार गरेको मस्यौदमा आवश्यक विवरण तथा परिमार्जन गरेर कार्यपालिका, तथा गाउँसभा मार्फत पास गरि कार्यन्वयन गरिएको बताउनु भयो । त्यस्तै नागरिक संस्थाका प्रतिनिधि गोपाल लामाले हेलम्बु गाउँपालिकामा अन्य ऐन बनाउने बेलामा त्यस्तो समन्वय नभए पनि श...
