सम्पर्क

जुगलका प्रमुख सहीतको टोली माथी भ्रष्टचारको मुद्धा

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ले बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रूपक घिमिरे , लेखापाल सतेन्द्र यादव , बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा बिरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। पालिका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झूटो प्रतिवेदनका आधारमा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ अनियमितता भएको ठहर गर्दे मुद्धा दर्ता गरिएको जनाइएको छ।जुगल गाउँपालिकास्थित बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा आर्थिक वर्ष २०७४।७५ मा झूटो विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्ड बमोजिम निर्माण नगरी हचुवाको भरमा काम गरेको तथा गराइएको‚ डोर हाजिर तथा माइन्युटमा पनि कीर्ते हस्ताक्षर गरेको पाइएको अख्तियारले जनाएको छ।अधिकृत अर्याल, इन्जिनियर पौडेल, सब इन्जिनियर घिमिरे र लेखापाल यादवबाट अनियमितता भएको रकम बराबरको बिगो कायम गरी कैद र जरिवानासहित बिगो असुल गर्न को माग गरिएको छ।त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष शाक्य र कोषाध्यक्ष लामाविरुद्ध पनि सोही रकम बराबरको बिगो कायम गरी कैद वा जरिवाना गरी बिगोसमेत जफत गर्न माग दाबी लिइएको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका श्याम प्रसाद भण्डारी द्धारा जारी प्रेस बिज्ञेप्तीमा जनाइएको छ ।