सिन्धुपाल्चोक कांग्रेस अधिवेशन ः नेतृत्वमा कसले मार्ला वाजी ?
नेपाली कांग्रेसको विवादित १६ वटा जिल्लाको अधिवेशन पटक–पटक सर्ने क्रम अब रोकिने देखीएको छ । यस्तैमा सिन्धुपाल्चोक जिल्लाले यही फागुन २७ र २८ गते अधिवेशन गर्ने घोषणा गरेको छ । यो घोषणासँगै चुनावी माहोलले जिल्लाका नेता–कार्यकर्तालाई ऊर्जा थपिएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोकमा नगर र गाउँ अधिवेशन सम्पन्न भएको छ । १२ वटा स्थानीय निकायमा गाउँ र नगर अधिवेशनबाट धेरैजसो नयाँ अनुहार नेतृत्वमा आएका छन् ।
सिन्धुपाल्चोकमा अहिले पार्टी सभापतिका लागि आधा दर्जन अनुहार देखिएका छन् । यीमध्ये तीन जनाको उमेदवारीलाई महत्का साथ हेरिएको छ । गाउँपालिकालाई पटक–पटक जिल्लाकै प्रथम बनाउन सफल वंशलाल तामाङदेखि प्राध्यापक, पूर्व क्षेत्रीय सभापतिले समेत उमेदवारी घोषणा गर्नुभएको छ ।
वंशलाल तामाङ
तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको साहसिक–ऐतिहासिक विद्यार्थी आन्दोलनमा २०३६ सा...
