सम्पर्क

Author: लोकप्रिय समाचार

मेलम्ची मेयरकप भलिवल सुरु

खेलकुद, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची योङ स्टार युवा क्लब दुवाचौरको आयोजनामा नगरस्तरिय तेस्रो मेयरकप भलिवल प्रतियोगिता २०७८ सुरु भएको छ । उक्त कार्यक्रम मेलम्ची नगरपालिका नगर प्रमुख डम्बर अर्यालले उद्घाटन गर्नुभएको थियो । खेलमा नगर भित्रका १३ टिम सहभागी रहेको छ्न भने दुवाचौर मैदानमा हुने खेल सोमबारसम्म चल्ने छ । मेलम्ची ७ र मेलम्ची ९ बिचको उद्घाटन खेलमा मेलम्ची ७ बिजयी भएको छ । प्रतियोगिताको बिजेताले ७५ हजार दोस्रो ३५ र तेस्रो हुनेले ५ हजार पुरस्कार पाउने आयोजकका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो ।...

मुलखर्कका मृगौला पीडित तामाङलाई सहयोग स्वरुप रकम हस्तान्तरण

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा ९ मुलखर्क निबासि कदम बहादुर तामाङ्गको बुहारि तिर्थ बहादुर तामाङ्गको श्रीमती सञ्चमाया तामाङ्गलाई मुगौला उपचारको लागि आर्थिक सहयोग हस्तानन्तरण गरिएको छ । सिन्धुपाल्चोक जिल्ला चोैतारा साँगाचोक गढी वडा न ८मा रहेको टिपटप होटलका सञ्चालक तथा सहयोग सङ्कलन अभियानका संयोजक समीर तामाङ्गको विशेष पहल कदमीमा रु३४६६१५ (तिनलाख छयालिस हजार छ सय पन्ध्र रुपैयाँ ) हस्तानन्तरण गरिएको हो । शनिबार पिडीत कै घरमा भएको कार्यक्रम पुर्ब वडा सदस्य संखें तामाङ्गको प्रमुख अतिथ्यतामा गरिएको थियो । सहयोग सञ्चालन अभीयानकासदस्य सुनिल तामाङले सञ्चालन गर्नू भएको कार्यक्रममा आफ्नो भनाइ राख्दै समाजका अगुवा भिम बहादुर तामाङले सरकार द्धारा शुरु गरिएको पारिबारीका बिमा गर्न सबैलाइ आग्रह गर्दै स्वास्थ्य रहन खानपानमा पनी ध्यानु दिनु पर्ने बताउँनु भयो सो अबशरमा उँहाले मृगौला पीडितक...

रमेश र प्रकाश श्रेष्ठको जोडीलाई मेलम्ची मेयरकप ब्याटमिन्टनको उपाधी

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
मेलम्ची मेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधी लायन्स क्लव अफ काठमाडौं सिन्धु चौतारा सिटिका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठले हात पार्नुभएको छ । त्यस्तै दोस्रोमा राजन श्रेष्ठ र अभिषेक गुरुङ हुनुभएको छ भने तेस्रो किसन दुलाल,राजकुमार तामाङ, पूर्ण बहादुर थापा र अजय तामाङ हुनुभएको छ । प्रतियोगितामा जिल्ला तर्फ पहिलो दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३० हजार, २०हजार र १० हजार सहित ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । त्यस्तै शुक्रबार भएको नगरतर्फको प्रतियोगितामा किसन दुलाल र दिपक दुलालको जोडि पहिलो, दिपेन्द्रदुलाल र राजु सापकोटा दोस्रो त्यसैगरी सिपि दुलाल र सुर्दशन दुलाल ,भिमशेन डंगोलर रविन बोम्जनको जोडि तेस्रो हुनु भएको थियो । नगर स्तरीय खुल्ला पुरुष डबल्स प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमशः१५हजार ,१०हजार र ५हजारसहित ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिएको मेलम्ची ब्...

चुनावी बाचा पुरा गर्दै इन्द्रावतीमा बंशलाल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाँउपालीकाका अध्यक्ष बंशलाल तामाङ्गले चुनावमा जनता सामु गरेको बाचा पुरा गरे पछी मात्र आफुलाई सन्तोष लाग्ने बताउँनु भएको छ । ५ बर्ष अघि भिमटारमा जाँदा खानेपानीको समस्या देखेको हुँदा आफुले त्यस बेला सबैलाई खानेपानीमा सुबिधादिने बचन दिएकाले उक्त बचन पुरा गरेको बताउँनु भयो । उँहाले शुक्रबार भिमटारमा एक घर एक धारा, खानेपानी योजना उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका १२ भिमटारका १९५ घरधुरीले एक घर एक धारा खानेपानी पाएसंगै स्थानियमा खुसी छाएको छ । उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष तामाङले आफु जनताको समस्या समाधानको निमित्त बसेको बताउँनु हुँदै ’५ बर्ष अघि आउँदाखानेपानीको समस्या देखेर, प्रत्येक घरमापानीपुग्नु पर्छ भनेर तयारी थालेको थिएँ, अहिले इन्द्रावतीको ६०,७० प्रतिशतभन्दा माथी घरधुरीमा खानेपानी पुगिसकेको छ’...

जहाँ कांग्रेस त्यहाँ बस्नेत जहाँ बस्नेत त्यहाँ बिकास

ब्रेकिङ न्युज १, समाचार
पहिले जनता बचाऔ अनी राजनिती गरौ भन्ने मुलनारा बोकको मोहन बहादुर बस्नेत र जहाँ कांग्रेस त्यहाँ मोहन बस्नेत जहाँ बस्नेत त्यहाँ बिकास भन्ने सिन्धुपाल्चोकका काँग्रेस कार्यकर्ताको भनाइलाई सुनकोशी गाँउपालिकाले प्रमाणित गर्देै आएको छ । मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. १ ठोकर्पा नेपालकै पहिलो वडा घोषणा भएको छ । वडाका सम्पूर्ण घरधुरीहरु तथा संघसंस्थाहरु सहित शतप्रतिशत ७ सय ८६ धुरीमा पानी उपलब्ध गराउने कार्य सम्पन्न भएको वडा अध्यक्ष नेत्र वहादुर कार्कीले बताउनुभयो । अत्यन्त सुख्खा ग्रस्त क्षेत्रको रुपमा विगत लामो समयदेखी यहाँका स्थानियले खानेपानीको चरम अभाव भोगिरहेका थिए । अब करिव ६ महिनाको सुख्खा समयमा खानेपानी मागको करीव ४५ प्रतिशत डिपबोरिङ, ३५ प्रतिशत लिफ्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानहरुबाट खानेपानीको अपूर्ती भईरहेको वडा अ...

सिन्धुपाल्चोक राप्रपा क्षेत्रीय कार्यकर्ता भेला तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा निर्बाचन क्षेत्र नं २ क्षेत्रिय भेला तथा स्थानिय तह निर्बाचन सम्बन्धी विविध छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाटीको उम्मेदवारलाइ जिताउन लागी पर्ने र त्यसका लागी कस्ता उम्मेदवारलाई उठाउने भन्ने बिषयमा छलफल गरी अगाडी बढ्ने निर्णय गरेको छ । निर्बाचनको नजिकिदै गर्दा गाउँको माहोल सपार्न अहिले नेताहरू गाउँ तथा टोल केन्द्रित भएका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाका नेताहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन लागी परेका छन । बिहीबार सिन्धुपाल्चोक क्षेत्र नं २ ख को बैठक बसी सबै वडाहरुमा पार्टीको उपस्थिती बलियो बनाउँने निर्णय गरेको २ नम्बर क्षेत्रिय अध्यक्ष कुमारी तामाङले जानकारी दिनु भयो । जिल्ला कार्य समितीको बैठकको निर्णय...

काँग्रेसमय बन्दै डडुवा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
घर घर जाऔ, काङ्ग्रेस जिताऔ भन्ने मुलनारा बोकेर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु गाँउगाउँमा गएर नागरिकसँग भेटघाट गरिरहेका छन । यसै सिलसिलामा सिन्धुपाल्चोक जिल्लाचौतारा साँगाचोक गढी नगरपालिका वडा नं १४ मा पनी नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम भइरहेको छ । नेपाली कांग्रेसका वडा सभापती बिनोद पाख्रीनको नेतृत्वमा गएको घर घर जाऔ, काङ्ग्रेस जिताआँै टोलीले बुधबार असिने तल्लो र माथिलो बस्तीमा शिर बहादुर तामाङ्गको संयोजत्वमा टोल इकाई समिती गठन समेत गरेको छ । अध्यक्ष विरास मान तामाङ्ग,उपाध्यक्ष सोम तामाङ्ग,सचिवकाजी तामाङ्ग, सह सचिव छिरिङ्ग तामाङ्ग सदस्यहरुमा शान्ती तामाङ्ग कालुपाती तामाङ्ग विर माया तामाङ अम्बर तामाङ्ग ,ज्ञान तामाङ्ग,कृष्ण तामाङ्ग,रविन्द्र तामाङ्ग अमृत तामाङ्ग,राकेस तामाङ्ग,सुजन तामाङ्ग, भक्त तामाङ्ग, चन्द्र माया तामाङ्ग, सय माया तामाङ्ग विरमाया तामाङ्ग मन कुमारी तामाङ्ग त्यस...

स्याउलेको खड्कदेबी मन्दीरमा पुजा

समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न १ मा भगवती मन्दिर निर्माण भएको छ । मन्दिर निर्माण भयपश्चात बुधबार स्थानिय नागरिकहरु सहितको भेलाभई पुजा गरिएको छ । उक्त मन्दीरमा खड्क देबि भगवती रहनु भएको स्याउले बासीले पुर्खा देखि मान्दै आएको भएतापनी यस बर्ष वडा कार्यलयबाट बजेटको ब्यबस्था गरे पछी पुजा गरेको पहिलो पटक हो । वडा कार्यलयबाट भएको बजेट सहयोगका कारण देबस्थल जाने बाटो सिढी बनेको र देव स्थलपनी राम्रो बनेकोमा स्थानीयबासीहरु खुशीभएका छन । पहिले तल्लो भागमा रहेकोमा पछि देवि चढेर ठाउँ देखाएपछि पछि मन्दिर माथिल्लो पाटामा सारेको सरे पछि नयाँ मन्दिर बनेको स्थानिय तेज बहादुर श्रेष्ठले बताउनु भयो । उक्त मन्दिरमा पुजा गरेर बरदान मागे पछि मागेको पूरा हुने बिश्वास स्थानियको छ । स्थानियको माग बमोजिम मन्दिर संरक्षणमा ३५० हजार खर्च भएकोमा वडा बाट र दुई लाख अनुदान दिएको र अरु श्रमदानबाट वड...

कम्युनिष्टको थिचोमिचो सहन नसकिने भन्दै कांग्रेसमा प्रवेश ः दुलाल

ब्रेकिङ न्युज २, राजनिती, समाचार
कम्युनिष्टको थिचोमिचो सहन नसकिने भन्दै इन्जिनियर देवराज दुलाल नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । मेलम्ची नगरपालिकामा लामो समय इन्जिनियर रहेका दुलालले आफु मेलम्ची नगरपालिकामा रहेर काम गर्दा एमाले सरकारको थिचोमिचो सहन नसकेको गुनासो ब्यक्त गनुभएको छ । मेलम्चीमा भएको “घर–घर जाऔँ कांग्रेस जिताऔँ“ अभियान बाट उनी कांग्रेसमा प्रवेश गरेको हो । केन्द्रीय सदस्य गंगा लक्ष्मी अवाल, नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापती जंग बहादुर लामा, क्षेत्रिय सभापती आइतमान तामाङ, नगर सभापती वसन्त गुरूङ लगायतले दुलाललाई बुधबार नेपाली कांग्रेसमा स्वागत गर्नुभयो । काँग्रेसको उदारबादी भावनाले प्रभावित भइ आफु कांग्रेसमा प्रवेश गरेको उनले सुनाउनुभयो । ’यो देशलाई सांच्चै अप्ठेरो परेको खण्डमा कांग्रेसको आवस्यकता रहेछ ’ उहाँले भन्नुभयो । नेपाली कांग्रेसमा प्रवेश गर्नुको कारण बारे उहाँ यसो भन्नुहुन्छ ः “मैले यहाँ ...

फरार प्रतिवादी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
जवरजस्ती करणी गरि बाह्र वर्ष छ महिना फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ सानोसिरुवारीका कर्ण बहादुर भारतीको छोरा ३१ वर्षको राम बहादुर भारतीलाई सोमबार पक्राउ गरेको हो । उहाँले २०६६ असोज १७ गते दिउँसो सानोसिरुवारी गा.वि.स.वडा नं.२ ठुलीचौरी पाखामा घाँस काट्न गएकी वर्ष १४ को बालिकालाई जवरजस्ती गरि फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उक्त घटना पश्चात फरार रहेकोमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रतिवादी भारतीलाई शुक्रबार दिउँसो ललितपुर महानगरपालिका वडा नं.१३ कुसुन्ती स्थित रहेको सृजनशिल निर्माण सेवामा काम गरि रहेको अवस्थामा फेला पारि पक्राउ गरेको हो । सोमबारको अदालतको आदेश बमोजिम पुर्पक्ष कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । त्यसैगर...