सार्वजनिक सञ्चारमाध्यमबीच समन्वय र सहकार्यमा जोड
सार्वजनिक सञ्चारमाध्यमले आपसमा समन्वय र सहकार्य गर्दै जनचासोका आधिकारिक समाचार सम्प्रेषण गरी आमनागरिकलाई सुसूचित गर्र्र्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनका कार्यकारी प्रमुख तथा समाचार प्रमुखबीच आज रासस केन्द्रीय कार्यालयमा भएको छलफलमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै समयानुकुल द्रुतगतिमा समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याइयो । आमसञ्चार क्षेत्रका अनुभवी एवम् दक्ष जनशक्ति रहेका सार्वजनिक सञ्चारमाध्यमले राज्य र आमजनताको आवाज बुलन्द गर्न सक्नुपर्ने बताउँदै उहाँहरूले प्रभावकारी तथा एकीकृतरुपमा समाचार सम्प्रेषणका लागि आपसी सहयोग र सहकार्यमा उहाँहरुले जोड दिनुभएको हो । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले जनचासोका विषयलाई प्राथमिकता दिई एकीकृत ढङ्गबाट आमजनताको आवाज मुखरित गर्ने पक्षमा देशका सबै सार्वज...
