सम्पर्क

Author: लोकप्रिय समाचार

निर्वाचनले गाउँमा चहलपहल बढ्यो

ब्रेकिङ न्युज २, समाचार
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि गाउँ फर्कने मतदाताको चहलपहल छ । स्थानीयस्तरका जनप्रतिनिधि चुन्ने अवसर भएकाले पनि निर्वाचनका लागि उत्साहका साथ गाउँ फर्केको देखिन्छ । संविधानले नै असल नेतृत्व चयन गर्ने अधिकार दिएको छ । दशैँमा जस्तै गाउँ फर्किनेको भीड देखिएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न क्षेत्रमा काम विशेषले बाहिर रहेका मतदाता निर्वाचनलाई लक्ष्य गर्दै गाउँ फर्केका हुन् । स्थानीय सरकारमा सक्षम, योग्य र विकासप्रेमी नेतृत्व चयन गर्नका लागि गाउँ फर्किनेहरूमा उत्साह जागेको छ । स्थानीय सरकार जनताको नजिकको भएका र नागरिकले आफ्ना गुनासा सिधै जनप्रतिनिधिसमक्ष सुनाउन पाउने हँुदा गाउँको विकासमा तल्लीन, सक्षम, विकासशील, राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारलाई मतदान गर्न गाउँ फकिएको हुन् । चुनावका लागि गाउँ घर जानेको सङ्ख्या बढेसँगै केही दिनयता सदरमुकामसँग जोडिएका राजमार्गमा ...

‘मौनअवधि सुरू हुनुअघि मतदानस्थल वरिपरिका प्रचार सामग्री हटाउनुपर्छ’

ब्रेकिङ न्युज १, समाचार
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको जनाएको छ । मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहितामा उल्लेख छ । आचारसंहितामा मौनअवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रात सङ्गठन वा सम्बन्धित व्यक्तिले आचरणपालना गर्नुपर्ने विषयबारे उल्लेख छ । यसैगरी मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहु...

आचारसंहिता विपरीतका प्रचार सामग्री हटायो

ब्रेकिङ न्युज १, समाचार
आसन्न स्थानीय तह निर्वाचनका लागि विभिन्न स्थानमा राखिएका आचारसंहिता विपरीतका प्रचार साम्रगी हटाइएको छ । सिन्धुपाल्चोक जिल्लामा सोमबारदेखि बिभिन्न पार्टीको झण्डा, चुनाब चिन्ह, फ्लेक्स, गाडीमा राखिएका झण्डा, ब्याज जस्ता प्रचार सामग्री निर्वाचन आयोगका सहन्यायधिवक्त उद्ब पुडासैनि सहितको टोलि खटिएको छ । जिल्लामा भएका अन्य निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न अन्य निर्वाचन अधिकृतको कार्यालयलाई पनि जानकारी गराएको बताउनुभयो । सिन्धुपाल्चोकमा विभिन्न राजनितिक दलले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यलयमा परेको थियो । धेरै पटक निर्वाचन आचासंहिता पालना गर्न राजनितिक दलहरुलाई जानकारी गराएतापनि कार्यन्वयन नभएको आयोगले जनाएको छ ।...

वर्षा सुरु हुनु अघि मेलम्चीको पानी रोकिने

#, ब्रेकिङ न्युज १, समाचार
वर्षा सुरु हुनुभन्दा पहिले मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । दुई हप्ता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौँ ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो । हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ । गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । “सुरुङभित्रै बाढी नपरोस् भन्ने उद्देश्यले वर्षा सुरु हुनुअगावै बन्द गर्नुपर्ने छ”, उहाँले भन्नुभयो । काठमाडौँ उपत्यकामा पुनः पानी आउन थालेपछि उपत्यकाबासी खुसी भएका छन् । कतिपय स्थानमा नागरिकले पानी नआएको वा कम आएको गुनासो गरेपनि गत वर्षभन्दा वितरणसम्बन्धी गुनासो कम भएको जनाइएको छ । वर्षाक...

बैशाख ३० गते पानी पर्ने विभागको अनुमान

ब्रेकिङ न्युज २, समाचार
स्थानीय निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले चुनावको दिन पानी पर्न सक्ने महाशाखाको अनुमान छ । मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनका जनाईए अनुसार निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन÷ चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउने गरेको महाशाखाले आजनै ३१ गतेसम्...

मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगीबारे स्पष्ट

ब्रेकिङ न्युज १, समाचार
स्थानीय निर्वाचन नजिकिदै जादाँ निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भर्ई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आपूmसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्यस्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधानबारे थप स्पष्ट पारेको छ । दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाईसँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्य...

एमाले माओबादी बिच झडप देषी माथी कार्बहीको माग

#
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार शुक्रबार निर्बचन प्रसार प्रचारका क्रममा झडप भएको जनाइएको छ । इन्द्रावती गाँउपालीका –१० झोलुङ्गे माझी बस्तीमा झडप भएको नेकपा माओवादी केन्द्र को इन्द्रावती गाउँपालिका कमिटीले निकालेको विज्ञप्तिमा जनाइएको छ ।बिज्ञेप्तीमा झडपमा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार विनोद आचार्यसहित केही घाइते भएका जनाइएको छ । नेकपा (माओवादी केन्द्र), इन्द्रावती गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार बिनोद आचार्य, अन्य सदस्यहरु र कार्यकताहरु माथि भौतिक आक्रमण भएको नेकपा (माओवादी केन्द्र), इन्द्रावती गाउँपालिका द्वारा जारि गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।झडप हुँदा माओवादि कर्याकर्ता राजु दङ्गालको टाउकोमा गहिरो चोट लागेको र उपचारको लागि काठमाडौ ...

चुनावी प्रचारप्रसारलाई अतिरञ्जना नगर्न काउन्सिलको अपिल

ब्रेकिङ न्युज २, समाचार
प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न र नगराउन आमसञ्चारसँग अपिल गरेको छ । काउन्सिलले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना गर्र्दारगराउँदा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताविपरीत हुन गई आमपाठक, स्रोता र दर्शकमा भ्रम पर्ने भएकाले यस्तो कार्य नगर्नरनगराउन अपिल गरेको हो । काउन्सिलले पत्रकार आचारसंहिता पालनामा थप संवेदनशील हुन सम्पूर्ण सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जालका प्रयोगकर्तामा अनुरोध छ ।‘आमसञ्चार माध्यममा कुनै राजनीतिक दल, उम्मेदवारको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशनरप्रसारण गर्दारगराउँदा, सःशुल्क विज्ञापन प्रकाशनरप्रसारण गर्ने क्रममा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान नदिँदा, आमपाठक स्रोतामा भ्रम पर्न गएको छ’, काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । स्थानीय तह निर्वाच...

विविध भाषाभाषी बौद्ध कवि गोष्ठी सम्पन्न

मनोरन्जन, समाचार
मुना न्यौपाने काठमाडौँ, २५६६औँ बुद्ध जयन्ती समारोहको उपलक्ष्यमा विविध भाषाभाषी बौद्ध कवि गोष्ठी सम्पन्न भएको छ । विश्व शान्ति विहार बौद्ध कवि गोष्ठी उप–समितिको आयोजनामा सम्पन्न कार्यक्रम विश्व शान्ति विहार भिक्षु बोधीज्ञान महास्थरविरको सभापतित्व तथा पूर्व मन्त्री एवम् वरिष्ठ साहित्यिकार दिनबन्धु अर्यालको प्रमुख आतिथ्यतामा बानेश्वर शान्तिनगरस्थित बिहार परिसरमा गत शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि दिनबन्धु अर्यालले यस्ता किसिमका कार्यक्रम आयोजना बुद्ध धर्म र दर्शनका बारेमा अझ बढी जान्न र बुद्ध थप टेवा पुग्ने विश्वास गर्दै आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले बुद्ध दर्शन र ज्ञान अध्ययन गरी कहिल्यै नसकिने बताउँदै भगवान् बुद्धले दिनुभएको सन्देशबाट जीवन परिवर्तन गर्दै लैजान सबैलाई अनुरोध गर्नुभयो । बौद्ध धर्म तथा संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ विगत ५–६ दशकअघिबाटै यो कार्यक्रमको ...

बैशाख ३० गते सार्वजनिक सबारी साधन नचल्ने , अत्यावश्यकलाई पास लिनुपर्ने

समाचार
चुनावको मुख्य दिन आउँदो ३० गते अनुमति प्राप्त बाहेकका गाडी नचल्ने भएका छन् । प्रशासनको अनुमति लिएकाबाहेक सार्वजनिक र निजी गाडी चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदानको दिन गाडी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९ लागू गरेको छ । उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले मतदानको दिन गाडी चलाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ । उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा गाडी नम्बर, प्रयोगकर्ताको नामसहित पासका लागि २८ गतेसम्म निवेदन पेस गर्नुपर्नेछ । हवाई उडानको यात्रामा पासपोर्ट, भिसा र टिकटका आधारमा विमानस्थल र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आवागमनको सहजीकरण काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले मिलाउने उल्लेख छ । मतदानको दिन अशक्त व्यक्तिको लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनु...