नेपाल पत्रकार महासंघ सिन्धुको २८ औँ साधारण सभा सम्पन्न
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको २८ औँ साधारण सभा सम्पन्न भएको छ ।
आईतबार सिन्धुपाल्चोक जिल्लाको सुकुट स्थित सुकुटे बिचमा भएको साधारण सभाको उद्धघाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारहरुले स्वच्छ पत्रकारिता गर्नुपर्नेमा जोड दिनु भयो । बस्नेतले पूर्वाग्राही रुपमा नभई पत्रकारले सत्य तथ्यको जगमा टेकेर मात्रै पत्रकारिता गर्दा पत्रकारजस्तो उँच्च पेशाको मर्यदा रहने बताउनुभयो । ‘पत्रकार सदैव जनताको आवाज बन्नुपर्दछ’, ‘पत्रकारलाई सहि मार्गमा डोहोर्याउन पत्रकार महासंघको भूमिका महत्वपूर्ण हुन्छ भन्नुहँुदै पदाधिकारी बन्नलाइ होइन पत्रकारिता बन्नका लागी सदस्यता दिन र लिन पर्ने समेत बस्नेतले आग्रह गर्न‘ भयो ।’ बस्नेतले दिन भरी सरकारी, अर्धसरकारी वागीर खाने सामाजिक सघं सस्था चलाउँने, ठेकदार ब्यपार ब्यवसाय गर्ने अनी एकछिन सामाजिक सञ्जाल चलाएकै भरमा पत्रकार हु...
