सम्पर्क

Author: लोकप्रिय समाचार

वैंकिङ कसूरका फरार अपराधी पक्राउ

समाचार
बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी  पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. १ बस्ने ४२ वर्षीय सरोज कामी रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक चौताराबाट खटिएको टोलीले कामीलाई काठमाण्डा मनोहरा नगरपालिका वडा नं.७ मुलपानी स्थितबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार उच्च अदालत पाटनको १० माघ २०७७ को गतेको फैसलाले वैकिङ कसूर मुद्दामा कामीलाई कैद ७ दिन कैद सजाय र जरिवाना रु ४,००,०००।– (चार लाख) रुपैयाँ जरिवाना ठहर गरेको थियो । फैसला कार्यान्वयनका लागि पक्राउ परेका कामीलाई जिल्ला अदालत चौतारामा पेस गरेको र अदालतले निजलाई लागेको कैद ÷ जरिवाना सजाँय असुलका शुक्रबार जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।...

स्थानीय सरकारको साझेदारीमा काम गर्ने वन कार्यालयको निर्णय

ब्रेकिङ न्युज २, समाचार
 जिल्ला वन क्षेत्र समन्वय समिति र सरोकारवालाहरुबिच डिभिजन बन कार्यालयमा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको छ । बैठकमा बन्यजन्तु बँदेल र बाँदरबाट हुने गरेको क्षती का बारेमा कसरी नियन्त्रण गर्ने भन्ने बिषयले मुख्य प्रबेस पाएको थियो । बैठकले स्थानिय तहले डिभिजन वन कार्यालयसँग आफ्नो मिल्दोजुल्दो कार्यक्रम भए सञ्चालन गर्न चाहेमा पहिलो प्राथमिकता दिई साझेदारीमा ६०÷ ४० को सहभागीतामा कार्य गर्ने गराउने समेत निर्णय गरेको छ । डिभिजन बन कार्यलय सिन्धुपाल्चोकको आयोजनामा शुक्रबार भएको बैठकमा बन समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैठकमा सबअ भक्त बहादुर श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो । डिभिजन बन अधिकृत समन्वय समितिका सदस्य सचिब पदम राज नेपालले स्थानिय स्तरमा गरेका काम कार्बाहिका बारेमा सामुदाय बन कार्यलयहरुले स्थानिय सरकारलाई जानकारि गरा...

आलुले दिदैछ किसानलाई फाईदा

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानको निम्ति पछिल्लो समय आलुखेती आम्दानीको गतिलो माध्यम भएको छ । अन्य खेतीको तुलनामा आलु खेतीबाट बढी फाईदा हुने भएपछि किसान आलु खेतीमा आकर्षित भएका छन् । जिल्लाको मध्यभागमा पर्ने व्रम्हायणी नदी आसपासका सेराफाँट, अर्चलेफाँट, सिम्लेफाँट, कुविण्डेफाँट आलु खेतीले हरियालि भएका छन् । आलु खेती लगाएर यश क्षेत्रका किसानले वार्षिक करोडभन्दा बढी आम्दानी गरिरहेको स्थानिय किसान रविन्द्र खड्का बताउनुहुन्छ । कुविण्डेका किसान गोविन्द सापकोटाका अनुसार हिउँद, वर्षात दुवै सिजनमा पानी लाग्ने नौबिसे फाँटमा धान खेति गर्दा मुस्किलले चार÷ पाँच बोरा उत्पादन हुने गर्दथ्यो । त्यही खेतमा आलु लगाउँदा ८०÷९० हजार आम्दानी गर्दै आएको बताउनुहुन्छ । आलुखेतीमा राम्रो आम्दानी भएपछी बतासे रानिटारका केदारनाथ काफ्लेले पनि पाँच वर्षदेखि आलुखेती लगाउँदै आईरहेको र यसपाला...

कैदीबन्दीको एच आई भी परीक्षण

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
३५ औँ विश्व एड्स दिवस मा सिन्धुपाल्चोकका कैदीबन्दीको एच आई भी परीक्षण गरिएको छ । । विहिबार विश्व एड्स दिवसको अवसरमा चौतारामा रहेका ७१ कैदीबन्दीहरूको परीक्षण गरिएको छ । । जिल्ला स्वास्थ्य र जिल्ला कारागार कार्यालयको संयुक्त आयोजनामा गरिएको परीक्षणमा नतिजा नेगेटिभ वा कोही कसैलाई पनि एच आई भीको संङ्कमण नरहेको स्वास्थ्य कार्यालय चौताराका प्रमुख अनुप अधिकारीले जानकारि दिनुभयो । बिहिबार नै आयोजित अन्तरक्रिया कार्यक्रममा चौतारा अस्पतालका प्रमुख डाक्टर त्रिभूवनचन्द्र झाले एच आई भीको उपचार एक मात्र भएपनि संक्रमित वा जोखिममा रहेकाको बचाउका अनेकन उपाय रहेकोले परीक्षण, उपचार र निदानमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।...

भाषण होईन विकासको योजना लिएर गाउँ आउँछौः बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
हामि भाषण गर्ने मात्र होईन काम गरेर देखाउने भएकाले वडावडामा जाँदा मतदाताको माग लाई सम्बोधन हुने खालका साना ठुला काम लिएर जाने क्षेत्र नं. २ बाट नवनिर्वाचित मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । यस पटकको निर्वाचनले नेपाली कांग्रेस मात्र होईन सबै सबै राजनिति दलहरुलाई नागरिकको समस्याप्रति बढी चासो दिन निर्देशन गरेको बताउँनु भएको छ । उँहाले बिकासका हरेक काममा जनतासँग रहेर दुख पर्दा साथमा रहन सके मात्र राजनेता हुने मौका मिल्ने बताउँदै बस्नेतले सिन्धुपाल्चोकको बिकासका लागि सबै मिलेर अगाडि बढ्ने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका गठबन्धन नगरसमितिले आयोजना गरेको मतदाता धन्यबाद कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । कार्यक्रममा प्रकोपमा परेका पिडितलाई आफुहरु सकेसम्म सम्बन्धित पिडितलाई भेटेर दुखमा साथ दिने र बिकासकम काममा लाग्ने बताउँनु भयो । कार्यक्रममा बा...

सुुकुम्बासी समस्या तत्काल समाधान गर्न चार किसान संगठनको माग

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
देशमा रहेको सुकुम्बासी परिबारको सहि पहिचान र समस्याको न्यायपूर्ण समाधान गर्ने भन्दा पनि यो समस्यालाई एक वा अर्को किसिमले लामो समयदेखि आलेटाले गर्दै थाँती राख्ने, जटील तुल्याउने र यसलाई केवल सत्तामा जाने भर्याँङ्ग मात्र बनाउने काम सत्तामा रहँदै बस्तै आएका दलहरुले गर्दै आएकोले यो समस्या समाधानहीन भएर कचल्टिएको र बेला बेलामा यसले उग्ररुप लिने स्थिति सिर्जना हुने गरेको देखिदै आएको चार किसान संगठनले बक्तब्य मार्फत जनाएको छ ।सगंठनद्धारा जारी बक्तब्यमा अहिले बागमति र बिष्णुमति किनारामा सुकुम्बासीको नाममा रहे बसेका परिबारको समस्याको मूल कारण पनि यही नै । अतः जो सुकुम्बासी परिबार हो त्यसको पहिचान सही पहिचान गरी बसोबास र रोजगारीको ब्यवस्था गर्नु र यो समस्याको सही समाधान खोज्नु राज्यको आधारभूत दायित्व हो । देशमा ८ लाख परिबारभन्दा बढी सुकुम्बासी रहेको स्वीकार गर्ने राज्यले यस दायित्वबाट पञ्छिन, अलग्ग...

मेलम्ची खानेपानीद्धारा सतर्क रहन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ ।मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेर यस्तो अनुरोध गरेको हो । समितीले सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरू गरिएकाले उक्त पानी पथान्तरणका क्रममा हुन सक्ने सम्भावीत क्षेती बाट बच्नका लागी यस्तो सुचना जारी गरेको हो । समितीद्धारा जारी सुचनामा सुरूङ प्रवेश मार्गहरू सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन सो सूचनामार्फत अनुरोध गरिएको हो।गत जेठको दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि पुनः सुरू गरिएपछी यो सुचना आएको हो ।  ...

बस्ती हटाउन खोजेपछि सुकुम्वासीको विरोध

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ महानगरले थापाथलीस्थित वाग्मती किनारको सुकुम्वासी बस्ती हटाउन खोजेको भन्दै सो क्षेत्रमा बसोबार गर्ने नागरिकले विरोध गरेका छन् । बस्ती हटाउनका लागि आज दिउँसो काठमाडौँ महानगरको नगर प्रहरी र डोजर पुगेको थियो । महानगर प्रहरी र सुकुम्वासीबीच मुठभेड हुँदा साढे चार घण्टासम्म थापाथली परिसर असान्त बन्न पुगेको थियो । बस्ती हटाउने सूचना पाएपछि सुकुम्वासी बासिन्दा विरोधमा उत्रिएका थिए । उनीहरूले महानगर प्रमुख बालेन साह विरुद्ध नारा लगाएका थिए । बस्ती परिसरका सडकमा टाएर बाल्दै उनीहरू ढुङ्गामुढामा उत्रिएका थिए । “यसरी जबरजस्ती उठिबास लगाउन खोज्ने ? हामी सधैँ डोजर आतङ्कमा बस्न चाहादैनौँ । हाम्रो रहर हैन । विकल्पसहित महानगर आउँछ भने हामी छोड्न तयार छौँ”, लामो समयदेखि यही बस्दै आएकी स्मीता आचार्यले भन्नुभयो, “मेयर साहसँग हामीले पटकपटक वार्ता गर्न चाहेका थियौँ । तर उहाँले समय दिनुभएन । आज यसरी जबरज...

त्रिपुरासुन्दरी, भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइती र मावली गरी तीन ठाउँमा पूजापाठ!

ब्रेकिङ न्युज १, समाचार
मलेखु, ११ मङ्सिर– अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिकाकै वडा नं ६ हाँसेबजारस्थित माइथानबेंसी सारिदाको यसरि तामझामसित सारिन्छ । भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइती र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान भगवतीको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपले चिनिने माइथानबेंसीको मन्दिरमा सारिएको हो । अझ रोचक त के छ भने बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले हेर्न र छुन पनि नपाइने परम्...

जिल्ला निर्वाचनद्धारा प्रमाण पत्र बितरण, मेलम्ची पुल र तातोपानी नाका पहीलो प्रथमिकता

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
आफ्नो पहीलो प्रथमिकता मेलम्चीकोपुल बनाउँदै प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २का मतदाताहरुले मागेको बिकासका कार्यक्रमहरु गर्ने रहेको नव निर्वाचित प्रतिनिधी सभा सदस्य मोहन बहादुर बस्नेतले बताउँनु भएको छ ।    सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरुलाई निर्वाचन आयोगगको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उँहाले यस्तोबताउँनु भएको हो । क्षेत्र नं १का सदस्य माधव सापकोटा सुबोधले तत्काल तातोपानी नाकाको समस्या समधान गर्न केन्द्रयि नेताहरुलाइ ल्याएर अन्तरक्रिया गरिने बताउृँनु भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको प्रांगणमा एक कार्यक्रम आयोजना गरी आइतबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको थियो । गत मंसिर ४ गते आमनिर्वाचन सम्पन्न भएको थियो ।कार्यक्रममा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ((सुबोध), २ बाट निर्वाचित मो...