सरकारले प्रस्तुत गरेको आब २०८०÷८१को बजेटमा गाँजा खेतीलाइ गाँजाको औषधिजन्य सम्भाव्यता अध्ययन गर्ने व्यवस्था गरिएकोमा नेकपा एमालेका नेता पुर्ब मनत्री शेरबहादुर तामाङले बजेटमा खुसी व्यक्त गर्नु भएको छ ।
आफ्नो सामाजीक सञ्जाल मार्फत हरेक वर्ष रू २० देखि ४० खर्ब आम्दानी गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको मा सरकारलाई धन्यवाद भन्नु भएको छ । उहाँले ‘गाँजा खेतीका लागि पहिलो खुड्किलो हो म खुसी छु । सरकारलाई धन्यवाद,’ भन्दै पूर्वमन्त्री तामाङ गाँजाबाट नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै “गाँजाको औषधीय प्रयोजनको लागि सम्भाव्यता अध्ययन गर्ने“ भनेर बजेट भाषणमा नितीगत रुपमा बोलेकोमा अर्थ मन्त्री लाइ बिशेष धन्यबाद दिनु भयो ।
उँहाले अब हामी सबै भएर लागौं । हाम्रो अभियानले सार्थकता पाउने तर्फ अगाडी बढेकोमा सबैलाई बधाई भन्दै संसदमा मैले दर्ता गरेको “गाँजा खेतीलाई नियमन तथा ब्यबस्थापन गर्न बनेको बिधेयक“ लाई ब्युँताउन सबै लागौं र गाँजा खेतिलाई वैधानिक बनाऔं ।एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ उँहाले आफ्नो सामाजीक सञ्जालमालेख्नु भएको छ। उँहाले एक रोपनी गॉजाले ४ रोपनी रूखहरू जतिकै कागज उत्पादन गर्न सक्छ गॉजालाई ८ पटक कागजमा परिणत गर्न सकिन्छ भने काठलाई ३ पटक कागजमा परिणत गर्न सकिन्छगॉजा ४ महिनामा बढ्छ, काठलाई बढ्न २० देखि ५० वर्षमा बढ्छ, गॉजा एक वास्तविक विकिरण जाल हो,गॉजा संसारको कुनै पनि ठाउँमा उब्जाउन सकिन्छ र यसलाई धेरै कम पानी चाहिन्छ। साथै, यसले किराहरूलाई भगाउन सक्छ, यसलाई किटनाशकहरू आवश्यक पर्दैन,यदि गॉजाले बनेको कपडा व्यापक भयो भने, किटनाशक उद्योग पूर्ण रूपमा हराउन सक्छ,गॉजाले एड्स र क्यान्सरको उपचारमा केमोथेरापी र विकिरणको प्रभावलाई कम गर्छ;बजेट बक्तव्य, २०८० Final कम्तिमा २५० रोगहरु जस्तैः गाँजको तेल बाट क्यान्सर जस्ता रोग निको हुन्छ भने बाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिद्रा, मनोविज्ञान र मेरुदण्डको कडापन जस्ता रोगहरुमा यसको प्रयोग गरिन्छ , गॉजाको बिउको प्रोटिन मूल्य धेरै उच्च छ र यसमा पाइने दुईवटा फ्याटी एसिड प्रकृतिमा अन्त कतै पाइँदैन, गॉजा भटमास भन्दा उत्पादन गर्न सस्तो छ, गॉजा खुवाइने पशुहरूलाई हर्मोन सप्लिमेन्टको आवश्यकता पर्दैन,सबै प्लास्टिक उत्पादनहरू गॉजाबाट बनाउन सकिन्छ र हेम्प प्लास्टिक प्रकृतिमा फर्कन धेरै सजिलो छ, यदि कारको बडी गॉजाले बनेको छ भने, यो स्टील भन्दा १० गुणा बलियो हुनेछ,गॉजा भवनहरू इन्सुलेट गर्न पनि प्रयोग गर्न सकिन्छ; यो टिकाऊ, सस्तो र लचिलो छ, हेम्पले बनेको साबुन र सौन्दर्य प्रसोधनहरूले पानीलाई दूषित गर्दैन, त्यसैले तिनीहरू पूर्ण रूपमा वातावरणमैत्री हुन्छन् उँहाले जानाकरी दिनु भएको छ ।
