सम्पर्क

स्वदेशमै निर्मित औषधि प्रयोग गर्न प्रोत्साहन

सरकारले स्वदेशमै निर्मित औषधि प्रयोग गर्न प्रोत्सा हनदिने भएको छ ।सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वीर अस्पतालमा वर्न सेन्टर विकास गर्न आवश्यक पूर्वाधार बनाइने बजेट ब्यावस्थापन गरिएको बताउँदै आगामी आवमा कोभिड १९ लगायतका विभिन्न महामारी तथा सरुवारोगलाई रोकथाम गर्न योजना बनाइएको छ। त्यस्तै शुक्रराज ट्रपिकल अस्पतालमा ३०० शैय्यामा स्तरोन्नति गरिने जानकारी दिनु भयो । गुणस्तरीय स्वास्थ्य उपचार जनताको अधिकार भन्ने नाराका साथ अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्नु हँुदै उक्त जानकारी दिनु भयो । बजेटमा आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाइने जस्ता विषय बजेटमा समेटिएको छ।विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने जस्ता विषय समेटिएको छ। उहाँका अनुसार स्वास्थ्य मन्त्रालयलाई आगामी आवका लागि ८३ अर्ब ९९ करोड बजेट छुट्याइएको छ।कोभिड १९ लगायत संक्रमक रोग रोकथाम,डेंगी रोग नियन्त्रणका लागि पूर्वमनसुनमै खोज र नष्ट गर अभियान अन्तर्गत लामखुट्टेको लार्भा नष्ट गरिने,शुक्रराज ३०० शैयामा विस्तार गरिने, पोखरा, सुर्खेत, डोटी र भरतपुरमा बन्दै गरेको प्रदेश सरुवा रोग अस्पतालआगामी आर्थिक वर्षमा सम्पन्न गरी सञ्चालनमा ल्याइने ,सरुवारोग अस्पताल निर्माण र विस्तारका लागि ४६ करोड विनियोजन,९८ वटा औषधि, स्वदेशमै निर्मित औषधि प्रयोग गर्न प्रोत्साहन,नसर्ने कडा रोग (क्यान्सर, मेरुदण्ड, मिर्गौलालगायत) औषधि उपचारका लागि दिइदैं आएको मासिक ५ हजारलाई निरन्तरता,विपन्न नागरिक कडा रोग उपचारका लागि दिइदैं आएको उपचार अनुदान निरन्तरताका लागि २ अर्ब ५० करोड बिनियोजन,सबै संघीय अस्पतालबाट मिर्गौलाको प्रत्यारोपणको व्यवस्था मिलाइने,सबै संघीय अस्पताललाई सुपरस्पेसियालिटी अस्प्तालमा विकास गरिने,शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता वृद्धि गरिने,वीर अस्पताल बर्न सेन्टरका रुपमा विकास गरिने,गेटा अस्पताललाई १०० शैय्याको बनाउने, गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन गरिने।,निजामति अस्पतालको स्तारोन्नति गरिने,दैलेखमा १०० शैयाको अस्पताल निर्माण गर्ने,ट्रमा अस्पतालको स्तरोन्नति गरिने ,सरकारी अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रोत्साहन गरिने,योग तथा व्यायामशाला निर्माण गरिने,एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि ऐन ल्याइने ,एमडी÷एमएस गरेका चिकित्सकलाई तोकिएको काठमाडौँबाहिर अनिवार्य सेवा दिनुपर्ने गरी व्यवस्था गरिने ।पाटन मानसिक अस्पतालको सेवा बिस्तार गरिने स्वास्थ्य क्षेत्रका प्रमुख कार्यक्रम तथा योजनाहरू रहेको छ ।