सम्पर्क

Author: लोकप्रिय समाचार

मदन भण्डारी फाउन्डेसन सिन्धुपाल्चोकको अध्यक्षमा बालकृष्ण

ब्रेकिङ न्युज २, समाचार
मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा सिन्धुपाल्चोकको अध्यक्षमा बालकृष्ण देउजा चयन हुनुभएको छ । शनिबार जिल्लाको सदरमुकाम चौतारामा नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट देउजा अध्यक्षमा चयन हुनुभएको हो । फाउन्डेसनको उपाध्यक्षमा अशोक चौलागाईँ, सचिवमा यज्ञ सापकोटा,कोषाध्यक्षमा चरी बहादुर तामाङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सुमन श्रेष्ठ, दिलिप बस्नेत,तिलक सापकोटा,सनिश श्रेष्ठ,राजेन्द्र दुलाल,हरिचन्द्र श्रेष्ठ,पुष्प पराजुली,सपना थापा सुकुलाल तामाङ,रोहित दोङ,रिना श्रेष्ठ,सुमन पाण्डे,रामचन्द्र थापा,साधुराम खतिवडा,राजेन्द्र लामा चयन हुनुभएको छ ।...

आजबाट विश्व हिन्दू परिषद्को शुभचिन्तक अभियान शुरू

समाचार
राजाराम दास विश्व हिन्दू परिषद् नेपालको १५ दिने शुभचिन्तक (सदस्यता) अभियान आजबाट शुरू भएको छ । परिषद्का देशैभरिका इकाइहरुमा यो अभियान शुरु भएको छ । पुष २३ देखि संचालित यस १५ दिने अभियानले १ लाख नयाँ शुभचिन्तक (सदस्य) बनाउने लक्ष्य लिएको छ । परिषद्ले प्रत्येक वर्ष जनसंग्रह अर्थात संस्थामा नयाँ सदस्य जोड्नको लागि यो अभियान संचालन गर्दै आएको छ । यस अभियानमा परिषद्का हरेक स्तरका कार्यकर्ताहरु परिचालन गरिन्छ । सम्पूर्ण हिन्दूहरुको मनमा हिन्दुत्वको भाव जागृत गराई संगठित गर्न हेतु विश्व हिन्दू परिषद स्थापनाकाल देखि नै हिन्दू समाजका सम्पूर्ण जातजाती, भाषाभाषी, लिंग, सम्प्रदायलाई लक्षित गरी अभियान संचालन गर्दै आएको परिषद्का राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले बताउनु भयो । राष्ट्र, धर्म र समाज रक्षा गर्न एवं नेपाल जस्तो पावन देवभूमीबाट धर्मान्तरण, गौहत्या, हिन्दूहरुको अपमान, शोषण, दमन, आतंक...

पत्रकारितामा गलत प्रबृत्ति बढ्यो ः बस्नेत

ब्रेकिङ न्युज २, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा स्वार्थ पूरा नभए समाचार लेख्ने एवं लेनदेनजस्तो प्रवृत्तिका गुनासा बढेको भन्दै काउन्सिलले यस्ता व्यक्तिको निगरानी गरी कारबाही गर्ने बताउनुभएको छ । काउन्सिलमा नयाँ अनलाइन मिडियाका लागि शुक्रबार आयोजित अभिमुखीकरणमा उहाँले नीहित स्वार्थ पूरा नभए समाचार बनाउने भनी धम्क्याउने जस्ता प्रवृत्ति बढेका र यस्ता प्रवृत्तिले पत्रकारिता जगतलाई नै कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैको समन्वय हुनु जरुरी भएको पनि स्पष्ट गर्नुभयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “कतिपय सञ्चारमाध्यमलाई काउन्सिलले विशेष निगरानीमा पनि राखेको छ । पर्याप्त प्रमाण पु¥याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिता उल्लङ्घनको कारवाही हुनेछ । अनलाइन र युट्युव च्यानलहरुमा पत्रकारिताको रोगकै रुपमा यो समस्या भित्रिएकाले काउन्सिलले अभियानै चलाएर यसविरुद्ध कदम चालिरहेको उहाँको भना...

ज्योतिष परिषदको भेला चौतारामा

समाचार
 नेपाल ज्योतिष परिषद् सिन्धुपाल्चोक जिल्ला कार्य समितिले पूर्णता प्राप्त गरेको छ । सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा शुक्रबार ज्योतिषसँग सम्बद्ध विशाल भेलाले विधानमा उल्लेखित २१ सदस्यिय पूर्ण कार्य समितिको अनुमोदन गरेको छ । उक्त कार्यक्रम नेपाल ज्योतिष परिषद् बागमती प्रदेशका अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्य एवम् प्रदेश महासचिव दीपक शर्मा दाहाल , कोषाध्यक्ष भिमप्रसाद पौडेलको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्य समितिको अध्यक्ष गणेश प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यालय उद्घाटन तथा पूर्णता बैठकमा स्वागत मन्तव्य सह सचिव हरिप्रसाद सापकोटाले गर्नु भएको थियोे । कार्यक्रममा बुद्धिजीवी एवम् समाजसेवी व्यक्तित्व शम्भु प्रसाद सुवेदीले वैदिक धर्म नैतिक दृष्टान्तमा आधारित शार्दुलविकृदित छ्न्दमा कविताका वाचन गर्दा उपस्थित सम्पुर्णमा भावुकता छाएको थियोे ।...

कर्थलीका विद्यार्थीले पाए न्यानो कपडा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे / बाह्रबिसे बाह्रबिसे नगरपालिका वडा नं. २ कर्थलीका विभिन्न विद्यालयका ६०० जना विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार सेतिदेबी आधारभुत विद्यालयमा त्यहाको विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । मंगला देवि जनजागृती आधारभूत विद्यालयका प्रधानाध्यापक बम बहादुर तामाङका अनुसार दुरुमथलीमा Sowers Action द्वारा जाडो र गर्मी मौसमको लागि सम्पूर्ण विद्यार्थीहरुलाई ज्याकेट वितरण हो । कार्यक्रमको प्रमुख अतिथि बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको उपस्थितमा Sowers Action का अध्यक्ष धर्म गुरु पासाङ वाङ्दी शेर्पा ,लगायतका अन्य पदाधिकारीहरुको रोहवरमा न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रम सफल बनाउन समाजसेवी नोर्वु शेर्पा,बाह्रबिसे नगर कार्यपालिका सदस्य दावा पासाङ शेर्पा लगायत को सहयोग थियो । प्रअ तामाङको अनुसार सो विद्यालयका ८२ जना विद्यार्थी ले न्यानो कप...

विद्यार्थीलाई न्यानो कपडा वितरण

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
बढ्दो चिसोबाट बालबालिकालाई जोगाउने उद्देश्यले सोवरस् एक्सन नेपाल संस्थाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य एवंम नेपाली कांग्रेस केन्द्रिय सदस्य माननिय संसद मोहन बहादुर बस्नेत र बाह्रविसे नगरपालीका प्रमुख बालकृष्ण बस्नेतको पहलमा बाह्रविसे नगरपालीका वडा नं २ नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरिएको हो । बिहिबार एक समारोहबिच गरिएको न्यानोकपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मोहन बहादुर बस्नेतले जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्वीटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने बताउनुभयो । विद्यालयको शैक्षिकदेखि भौतिक गुणस्तर र पूर्वाधार विकासका लागि सघाउने प्रतिबद्धता समेत जनाउनुभयो । जाडोयाममा विद्यार्थिलाई न्यानो कपडा नहुदा विद्यलयमा उपस्थित हुन मुस्किल भएको हुँदा पठनपाठनमा असर परेको हुँ...

आगोलागीमा परी वालकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको बलेफी गा.पा.४ लप्से स्थित पशुपंक्षी फर्ममा आगलागि हुँदा एक बालकको मृत्यु भएको छ । सोहि वडाका अध्यक्ष सुर्के तामाङको लप्से युवा पशुपंक्षी फर्ममा विहान ९ बजेको समयमा आगलागि हुँदा फर्ममा काम गर्ने सोहि स्थानको बर्ष २५ की निर्जला कार्कीको छोरा बर्ष ३ को निर्जल कार्किकोको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव वुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी र स्थानियबासिको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट फर्म पूर्णरूपमा क्षति हुँदा अंन्दाजी ६ छ लाख १४ हजार) बराबरको सामानहरु जली क्षेती भएका छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।...

३ दिने नेतृत्व विकास तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
महिलाहरुको क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने पुर्नताजगी तालिम बुधबार सम्पन्न भएको छ । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ स्थित प्रेरणा कृषि जागरण महिला संस्थाको आयोजना र टेवा संस्थाको सहयोगमा गरिएको तालिममा २८ जना महिलाको सक्रिय सहभागिता रहेको थियो । प्रेरणा कृषि जागरण महिला संस्था, टेवाको अनुदान प्राप्त संस्था मध्य एक हो । उक्त कार्यक्रमको प्रशिक्षक आर्शो नेपालीको कार्यक्रम संयोजक हर्क तामाङ र आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङबाट व्यवस्थापन र सहजीकरणको भुमिका निर्वाह गर्नुभएकोे थियो । सार्वजनिक सरोकारका विषयमा स्थापना भएका विभिन्न सरकारी तथा गैरसरकारी निकायका विभिन्न संयन्त्रहरुमा महिलाहरुको अर्थपुर्ण सहभागिता तथा प्रतिनिधित्व गराउने उद्देश्यले सार्वजनिक निकायमा महिलाको प्रतिनिधित्व सम्बन्धी नेतृत्व विकास तालिम आयोजना गरिएको आदिवासी जनजाति महिला उत्थ...

भद्रकाली माविको ६२ औं वार्षिकोत्सव सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
भद्रकाली माध्यमिक विद्यालयको ६२ औं वार्षिक उत्सव तथा नयाँ भवन उ्घाटन कार्यक्रम सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका वडा नं. ८ मो रहेको उक्त विद्यालयमा विभिन्न कार्यक्रम गरि वार्षिकोत्सव सम्पन्न गरिएको छ । भद्रकाली माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद पौडेलको सभापतित्वमा रहेको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्बाचित प्रतिनिधी सभा सदस्य माननीय संसद मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यता रहेको थियो । नयाँ भवन उद्घाटन प्रमुख अतिथि बस्नेतले गर्नुभएको हो । ADB मार्फत निर्मित भवन ७ करोड लागतमा पक्की भवन निर्माण भएको ठेकेदार कुमार गुभाजुले बताउनुभयो । उक्त भवन भद्रकालीसम्म ल्याउन बिद्यालयको प्रधानसंरक्षक गणेश दत्त (बद्री) पौडेल, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि युधिर पौडेल, माओवादीका सरल सहयात्री पौडेल र CLPIU को युबराज पौडे...

रत्नगंगाकोे ७६ औँ बार्षिकउत्सव सम्पन्न

समाचार
गुणस्तरिय शिक्षा आज आवश्यकता रहेको हुँदा यस तर्फ सबैको ध्यान जानुपर्ने पुर्ब सभामुख अग्नी प्रसाद सापकोटाले बताउनुभएको छ । उँहाले ७६ औँ वार्षिकोत्सव कार्यक्रमका श्री कृष्ण रत्नगंगा माध्यामिक विद्यालयको वार्षिकोत्सवको उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले हरेक अभिभावकले आआफ्ना छोराछोरीको शिक्षा सिकाइमा निगरानी बढाएर चाहना अनुरुप शिक्षा दिन लागि पर्नुपर्ने भन्दै वालबच्चाहरुको सन्तुष्ठी नै हाम्रो अमूल्य सम्पती भएको उल्लेख गर्नुभयो । उहाँले देशभक्ति भावनाले सदाचारीतालाई सदैब अंगालेर बढ्ने समेत प्रण गर्दै प्रविधिको विकासलाई बिचारले सम्हालेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ७६ औँ बार्षिकउत्सव तथा ४७ औँ अविभाबक भेला कार्यक्रम मंगलबार सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले संस्थापक स्वर्गीय भक्तध्वज प्रधान र स्वर्गीय समुन्द्रनाद श्रेष्ठको अर्धकदको सालिक निवर्तमान सभामुख सापको...