सम्पर्क

Author: लोकप्रिय समाचार

चौतरामा एकतर्फी पार्किङ

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजारमा सवारी साधनको अब्यवस्थित पार्किङका कारण समस्या बढ्दै गएपछि एकतर्फी पार्किङ लागु गरिएको छ । अव्यवस्थित सवारी पार्किङले ब्यस्त बजारमा दुर्घटना निम्त्याउने र व्यवसायीहरुलाईसमेत असहज भएपछि एक साइडमा मात्रै पार्किङ गर्नुपर्ने नियम ल्याइएको चौतारा साँगाचोकगढी – ५ का वडा अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनुभयो । व्यवस्थित पार्किङका लागि अध्यक्ष श्रेष्ठको पहलमा केही महिना अघिदेखि सडक दायाँबायाँ प्रत्यक १५ दिनमा परिवर्तन हुने गरि पार्किङ गर्ने व्यवस्थापन गर्दै आएको छ । जथाभावि पार्किङ गर्ने र सवारी साधन जामका कारण हैरानी बेहोर्दै आएका सदरमुकामबासीले वान साइड एकतर्फी पार्किङ नियम लागु गरेपछि राहतको महसुस गर्न थालेका छ । वान साइड पार्किङ र हेभी सवारीको निगरानी गर्ने जिम्मेवारी स्थानीय ट्राफिक प्रहरीलाई दिइएको छ ।...

तीन मन्त्रीद्वारा शपथ, कार्यभार सम्हाले सँगै स्वास्थ्यमा महत्वपुर्ण ४ निर्णय

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला प्रतिनिधी सभा क्षेत्र नं २का माननीय मोहन बहादुर बस्नेत सहीत नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू लाइ राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उहाँहरुलाई बुधबार मन्त्री पदमा नियुक्त गर्नुभएको थियो । तीन जना नै कांग्रेसका तर्फबाट मन्त्री बन्नुभएको हो । कानुनमन्त्री बन्नुभएका धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत हुनुहुन्छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेत केन्द्रीय सदस्य हुनुहुन्छ । शपथ समारोहमा अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्...

धुस्कोट कर्मडुग्युलिङ गुम्बामा २५६७ बुद्ध जयन्ती मनाईदै

ब्रेकिङ न्युज २, समाचार
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म जयन्ती सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको – ३ धुस्कोट स्थित कर्मडुप्ग्युलिङ गुम्बामा भव्य रुपमा मनाईने भएको छ । हरेक बर्ष बैशाख पूर्णिमाका दिन मनाईदै आएको बुद्ध जयन्ती यसबर्ष पनि भव्य रुपमा मनाउने तयारी गरिएको आयोजक गुम्बा समितिले जनाएको छ । कर्मडुप्ग्युलिङ गुम्बामा केही वर्षदेखि करिब ४० जना स्थानीयहरु सहितको माने समुह पनि स्थापन भैसकेको छ । साथै दर्जन जति लामा पढ्ने बुद्ध अनुयायीहरु पनि यस गुम्बामा शिक्षा लिँदै आएका छन् । आयोजक गुम्बा समितिले सबैमा यस भव्य अवसरमा बुद्धको दर्शन अनि मोलम पाठ गर्न सबैमा उपस्थितिका लागि निमन्त्रणा गरीएको छ । गुम्ब व्यवस्थापन समितिका सदस्यहरु उक्त कार्यक्रमका लागि हप्तौं देखि तयारीमा जुट्दै आएका छन् र विशेषगरी लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने गर्दछन् ।...

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सांसद बस्नेतलाई

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक–२ बाट निर्वाचित मोहनबहादुर बस्नेतलाई पुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ । जनताको सेवा गर्दागर्दै विसं २०१५ भदौ २७ जन्मनुभएका बस्नेतले प्रारम्भिक शिक्षा सिन्धुपाल्चोकमै लिनुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गर्नुभएको छ । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विसं २०५६ र २०६८ को आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा र दोस्रो संविधानसभा सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो । मन्त्री बस्नेत २०७० सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो मन्त्रिपरिषद् सूचना तथा सञ्चारमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । साथै, २०५६ मा प्रधानमन्त्री देउवाकै नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री काम गर्नुभएको थियो । नवनियुक्त मन्त्री बस्नेत विगत लामो समयदेखि सामाजिक, राजनीतिक, शैक्षिकलगायतका विभि...

ट्र्याक्टर छाडेर बारी जोत्न गोरुकै प्रयोग

ब्रेकिङ न्युज २, समाचार
परम्परागत कृषि कर्ममा अभिन्न अङ्ग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको छ । किसानले विस्तारै गोरु पाल्न छोडेको देखिन्छ । तर, सिन्धुपाल्चोकका किसान भने ट्र्याक्टरको प्रयोग छाडेर गोरुकै प्रयोग गर्र्न थालेका छन् । भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्र्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानले गोरुकै प्रयोग गर्न थालेका हुन् । गोरुप्रति किसानको आकर्षण बढ्न थालेसँगै स्थानीय सरकारले पनि ट्र्याक्टरको साटो गोरु नै अनुदानमा दिन थालेका छन् । बाह्रबिसे नगरपालिकाकका नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार सात सयजना किसनालाई गोरु अनुदान दिइएको छ । अनुदानसँगै गोरुको बीमा गरिएको नगर प्रमख बस्नेतले जानकारी बताउनुभयो । उहाँले एउटा किसान बराबर रु १० हजारको दरले सात लाख अनुदानस्वरुप दिइसकेको बताउनुभयो । भौगोलिक अवस्थाका कारण सबै ठाउँमा ट्...

सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवस : मिडियाको समृद्धिका लागि सार्थक बहसको अपिल

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, २० वैशाख (रासस) : विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै गर्दा नेपाली प्रेस अझै पनि असुरक्षाको सामना गर्दै अघि बढिरहेको तथ्य हामीमाझ छ । प्रेसमाथिको निरन्तर आक्रमणलाई संसारभर नै रोक्न भने सकिएको देखिँदैन । नेपाल पनि अपवाद छैन । स्वतन्त्रताको प्रचुररूपमा उपयोग गर्ने, गर्नका लागि सबैलाई प्रोत्साहित गर्ने र स्वतन्त्रताको सधँै पैरवी गर्ने दायित्व बोकेको सञ्चार क्षेत्रले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई त्यो दायित्व बहन गर्नबाट च्युत भने गरेको छैन । यो विशेषता नेपाली प्रेसले पनि निर्वाह गर्दै आएको छ । शाहीकाल, भूकम्पको काहालीलाग्दो अवस्था, कोरोनाकालजस्ता अत्यन्त असहज र असुरक्षित अवस्थामा पनि आफ्नो दायित्व निर्वाह गरेर नेपाली पत्रकारिता क्षेत्रले आफूलाई प्रस्तुत गर्दै आएको हो । नेपाल पत्रकार महासङ्घको अभिलेखअनुसार सन् २०२२ को मे ३ देखि २०२३ अप्रिल २६ सम्म प्रेस स्वतन्त्रता हनन्का ५५ वट...

अन्तर्वार्ता : प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यको पहिलो शर्त हो- मन्त्री शर्मा

अन्तर्वाता, ब्रेकिङ न्युज १, समाचार
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ । सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । यसले विगतको यथार्थ समीक्षासहित आगामी दिनमा प्रेस स्वतन्त्रताको पक्षमा कार्यक्रम तय गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिइ पत्रकारिताको विकासका लागि कर्म गर्ने प्रेरणा यस दिवसले दिन सकोस् भन्ने अपेक्षा रहेको छ । आधुनिक विश्वमा नागरिकलाई सुुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको छ । राज्यको चौथो अङ्ग प्रभावकारी हुँदा नै लोकतन्त्र बलियो हुन्छ । मि...

रास्वपा सभापति लामिछानेका सवारी चालक थापाको निधन

समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गत वैशाख ४ गते चितवनस्थित घरको छतबाट खसेर घाइते भई टाउकोमा गहिरो चोट लागेको थियो । थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएपछि थप उपचारको लागि हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।...

सार्वजनिक पदधारण गरेका व्यक्तिका सन्तानलाई सामुदायिक विद्यालय पढाउनुपर्ने

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्र्नेे निर्णय गरेको छ । सामुदायिक विद्यालयहरुमा विद्यार्थी घटिरहेको बेला विद्यालयहरुलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्तरलाई माथि लैजाने उद्देश्यले सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो । सामुदायिक विद्यालयको स्तरलाई सुधार गर्न जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सार्वजनिक पदधारण गरेका व्यक्तिको भूमिका महत्वपूर्ण हुने भएकोले यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिनुभयो । जनप्रतिनिधि, शिक्षक कर्मचारीहरुले आफ्ना सन्तानहरुलाई निजी विद्यालयमा पढाइरहेको सर्वत्र आलोचना भएपछि गाउँपालिकाले निर्णय गराएर नै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सन्तान सामुदायिक विद्यालयमा नै पढाउनु प...

परम्परागत खेलहरू विर्सदै बालबालिका

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
मेलम्ची नगरपालिका– ९ ज्यामिरेका गोपाल भुजेल सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले सुनाउनुहुन्छ । ‘पुराना दिन सम्झिँदा अझै वचपनमै पुगेको महसुस गर्छु, सानो हुँदा साथीभाइसँग निकै रमाइलो गरेर पुस्तौँदेखि चल्दै आएका पुराना खेल खेल्थ्यौँ, त्यसमै रमाउथ्यौँ,’ उहाँले भन्नुभयो । उहाँकाअनुसार कबड्डी, गोला आकारका ढुङ्गालाई एकमाथि अर्को राख्दै मोजाको गोलो बलले हिर्काएर खेलिने टिपु, रुमाल लुकाउने, लुकामारी, चोर पुलिस, ठिणी (डण्डीबियो), गाई बाँध्ने, डोरी नाघ्ने, चुङ्गीलगायतका खेल त्यस बेला प्रचनमा थिए । गाई–गोरु चराउन जाँदा केटीहरूले रवरको गुच्छा बनाइ खेल्ने चुङ्गी, स–साना ढुङ्गालाई गोटीका रूपमा खेलिने गोट्टा, भिरालो क्षेत्रबाट काठको फल्याकमा चढेर टाढा प...