सम्पर्क

Author: लोकप्रिय समाचार

संसदीय समितिद्धारा मेलम्ची खानेपानी मूहानमा निरीक्षण

खानेपानी, ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी संसदीय समितिद्धारा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरिएको छ । आयोजनाको मूहानस्थलको निरिक्षणपश्चात राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आयोजना लम्बिदा लागत बढ्ने बताउभयो । उहाँले एकैपटक एकिकृत ढंगले काम गर्न सकेमा कामले गति लिनका साथै समयको बचत र लागतमा पनि कमि आउने बताउनुभयो । मेलम्चीको पानी वितरणका लागि काठमाडौंमा भइरहेको कामको उदाहरण दिदैं अध्यक्ष तिमिल्सिनाले पाइप विच्छ्याउन विजुलीका तारहरु भूमिगतगर्ने कुराहरुले गर्दा धेरै असरहरु देखापरेका भन्दै योजना बनाउँदा केहि सिकाइहरुलाई सँगै लिएर जानपर्ने बताउनुभयो । छलफलमा आयोजनका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका विगत देखि बर्तमान सम्मका अवस्था र उपलब्धीका बारेमा जानकारी गराउनुभएको थियो ।...

किसानलाई कृषि औजार वितरण

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाले किसानहरुलाई कृषि औजार तथा सामाग्री वितरण गरेको छ । कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगरका सबै वडामा रहेका तरकारी पकेट कार्यक्रम अन्तर्गत रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामाग्री वितरण गरीएको हो । अनुदान छनौट भएका ५६ जना कृषकहरूलाई छनौट गरि सिफारिस गरे अनुसार ट्याक्टर, मिनिटिलर, प्लास्टिक टनेल, पावर स्प्रे लगायत कृषि औजार वितरण गरिएको थियो । कृषकहरुलाई आधुनिकीकरण तथा ब्यावसायीक बनाउन कृषि सामाग्री तथा औजार वितररण गरिएको नगरपाकिलाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । कृषीको माध्यमबाट नै नगरलाई सम्वृद्ध बनाउन सकिने भएकाले आधुनिक कृषित तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी अािर्थक आयआर्जन बृद्धि गर्ने सकिने उल्लेख गर्नुभयो । प्राप्त गरेका कृषि सामाग्रीहरुको सहि तरिकाले प्रयोग गरी उत्पादन बृद्धि...

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे

समाचार
विशाल श्रेष्ठ हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल नाराका साथ बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे चयन हुनुभएको छ । शनिवार भक्तपुरमा सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सरोज लामिछाने, महिला उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव कुमार लामिछाने, सचिव जनकराम पराजुली, कोषाध्यक्ष मिरा पौडेल, सहकोषाध्यक्ष उत्सव खड्का चयन हुनुभयो । सदस्यहरूमा सिता न्यौपाने, समुन्द्र नेपाल, सुर्य प्रसाद न्यौपाने, दिपक प्रसाद उप्रेती, मछिन्द्र न्यौपाने, उमेश पराजुली रहेका छन् । क...

मर्मतका लागि मेलम्चीको पानी २ हप्ताका लागि बन्द गरिने

ब्रेकिङ न्युज १, समाचार
आगामी जेठ १ गतेदेखि काठमाडौँ उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिने खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । ठुलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको इन्जिनियर कँुवरले जानकारी दिनुभयो । भूगर्भ तथा खानी विभागका भूगर्भविद् शिव बाँस्कोटाले पोहोर साल बाढीपहिरो आएको ठाउँमा कुनै पनि रोकथाम तथा पूर्वतयारी नगरिएकाले यो वर्षको वर्षायाममा पनि बाढीपहिरोको सम्भावना कायमै रहेको बताउनुभयो । उहाँले मेलम्ची क्षेत्रमा बाढीपहिरोको विपत् अहिलेसम्म नटरेको उल्लेख गर्नुभयो ।...

नेपाने बासिले पाए १ सय १९ धारा

ब्रेकिङ न्युज २, समाचार
निर्मल बस्नेत चौतारा साँगाचोकगढी नगरपालिका – ७ सुख्खा क्षेत्रमा बसोवास गरिरहेका नेपानेबासीले १ सय १९ धारा पाएका छन् । नगरको एक घर एक धारा कार्यक्रम अन्तरगत धारा पाएका हुन् । नगरपालिकाको आर्थिक सहयोगमा निर्मित धाराको उद्घाटन बिहिवार एक कार्यक्रमको बिच नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गर्नुभएको हो । धारा उद्घाटनपछि नगरप्रमुख सापकोटाले नगरले त एक चोटि दिएको छ अब यसको संरक्षण गर्ने काम तपाई उपभोक्ताहरुको नै हो भन्नुभयो । उहाँले भने हामी समृद्ध नगरको योजनामा लागिरहेका छौ, यस क्रममा सवैको रचनात्मक साथ र सहयोगको अपेक्षा गरेका छौँ । नेपाने खानेपानी उपभोक्ता समितिले निर्माण गरेको धारामा पानी आएपछि स्थानीयमा खुसि भरिएको छ । सुख्खा क्षेत्रको रुपमा चिनिएको सिरुवारीको नेपानेमा खानेपानी संगै करेसावारीमा पानीको प्रयोग तरकारी लगाउन समेत हुने भएको छ । सोही अवसरमा वडा अध्यक्ष डम्बर बहादुर तामाङले नेपाने न...

सुनकोशी नदीमा विपत् उद्धार प्रदर्शन

खेलकुद, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
  बाढी, पहिरोमा परेर फसेका तथा डुबेकाहरुलाई उद्धार गरिने तरिकाको प्रदर्शन भएको छ । जिल्ला विपत् ब्यवस्थापन समितिले शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका १० सुकुटे स्थित सुनकोशी नदीमा आयोजना गरेको कृतिम घटना अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विपत्मा उद्धार प्रदर्शन गरेका हुन् । मनसुनजन्य विपत्को हिसावले ग्रस्त जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा मनसुनको सुरुवात पूर्व पूर्वभ्यास गरिएको हो । सुनकोशी नदीमा एक्कासी बाढी आई खेतमा काम गरिरहेका दुई जना कृषकलाई बगाएको, स्थानीयले प्रहरीलाई खवर गरेको र प्रहरी तथा उद्धार टोलीले उद्धार गरिएको घटना अभ्यास भएको हो । साथै पहिरोमा फसेका तथा डुङ्गा पल्टिएर नदीमा फसेकाहरुको उद्धारको पनि सफल उद्धार गरिएको अभ्यास भएको छ । सिन्धु पर्यटन ब्यवसायी संघको सहयोग, जिल्ला विपत् ब्यवस्थापन समितिको आयोजना र तीनै वटा सुरक्षा संयन्त्रको सहका...

सुनखानि भुमेश्वरी माविमा अभिभावकले लगाए ताला

समाचार
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं. ५ सुनखानिमा रहेको भुमेश्वरी मा विमा बिहिवार अभिभावकबाट तालाबन्दी गरिएको छ । शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ तथा स्थानीय शिक्षा ऐन २०७४ बिपरित बिद्यालय प्रशासनले काम गरेको भन्दै स्थानीय अभिभावक राम काजी लामाको नेतृत्वमा अभिभावकहहरु सहित बिद्यार्थीहरुले ताला बनदी गरेका हुन । गाउँपालिकाकै सबैभन्दा धेरै माबि ६ जना स्थायी शिक्षक भएको बागभैरब माबि मा भुमेश्वोरी माबिमा कार्यरत मा बि राहत सामाजिक शिक्षक मैया पौडेललाई सरुवा गरेपछी बिद्यार्थीहरु आक्रोसित भएका हुन । राहत शिक्षकलाई सरुवा गर्न ,सघिय शिक्षा ऐनमा,स्थानीय शिक्षा ऐनमा ब्यवस्था गरिएको छैन भन्दै राम्रा शिक्षकलाइ राजनीती आवश्कता आधारमा सरुवा गरिएकोमा हामीले बिरोध गरेका हौ । हामीलाइ राजनिती होइन शिक्षा नितीको आबश्यकता छ । शिक्षालयमा राजनिती हुनु हुँदैन भन्दा बिद्याल...

विवाहको गाडि दुर्घटना

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–७ झ्याडीखोला स्थित भित्री सडक खण्डमा विवाहको गाडि दुर्घटना भएको छ । जिल्लाको जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका – १० पाटीगाउँतर्फ हिँडेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी अचानक ब्रेक फेल भई सडकको बाँया साईडको भित्तामा ठोक्किन गएको सूचना अधिकारी प्रहरी निरीक्षक चन्द्र भुषन यादवले जानकारी दिनुभयो । जिल्ला कार्यालयबाट प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको कमाण्डमा घटनास्थलमा प्रहरी टोली पुगि घाईतेहरुको उद्दार गरि चौतारा अस्पतालमा पठाईएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभयो उहाँका अनुसार गडिमा ४० जना सवार रहेको थियो । जसमा १८ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुः– १) जि.सि.पा. ईन्द्रावती गा.पा. १० बस्ने बर्ष ४५ को नारायण थापाको टाउकोमा चोट अवस्था मध्यम (बोल्न सक्ने) २) बस चा...

तातोपानी नाका आंशिक निर्यातमा मात्र सिमित

ब्रेकिङ न्युज २, समाचार
चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्ण रुपमा खुल्ने हल्ला चलेपनी आंशिक निर्यातमा मात्र सिमित हुने भएको छ । निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनर समेत तातोपानी सुक्खा बन्दरगाहमा अहिले थन्किएका छन् । ‘निर्यात त ठप्प छ, त्यतिबेला नै तयार पारिएका सामाग्रीको फारम भरेको पनि एक साता भयो, निर्यात खुल्नुको सट्टा उल्टै आयात भइरहेका कन्टेनर पनि दिनहुँ घट्दो क्रममा देखिन्छन्’ तातोपानी भन्सार कार्यालयका अधिकृत दयादन्द केसीले बताउनुभयो । निर्यातका लागि खुलेपनि आंशिक मात्रै हुने केसी बताउनुहुन्छ । अब नेपालीले निर्यातका लागि नेपालबाट खाद्यान्न जडीबुटी लगाएत बस्तुहरु मितेरी पुलको आधा भागसम्म पु¥याउन सक्नेछन् । ‘मानिस आवातजावत तथा गाडी खासा सम्म जाने कुरा होईन निक...

स्वास्थ्य बिमाको उपचार सरल बनाउनुपर्छ ः मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकारसँग कुराकानी गर्दै उहाँले स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाएर उपचार पद्धति सरल बनाइने बताउनुभयो । “स्वास्थ्य बिमा कार्यक्रममा एकरूपता पनि भएन”, उहाँले भन्नुभयो, “जुन ढङ्गले बिमा कार्यक्रम लागू हुनुपर्ने हो, त्यो भएन । अब बिमा कार्यक्रमलाई प्रभावकारीरूपमा कसरी कार्यन्वयन गर्ने भन्नेमा सम्बन्धित पक्षसँग कुरा गरिरहेको छु ।” मन्त्री बस्नेतले राज्य स्वास्थ्य क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल नपाएकोसमेत बताउनुभयो । स्वास्थ्य मन्त्रालयले आफ्नो काममा सुधार गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले मन्त्रालयमा काम गर्ने कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था गरेर सुधार गर्ने बताउनुभयो । मन्त्री बस्नेतले स्वास्थ्य नीति राम्रो बनाउन ...