नेकपा एमालेको बागमती अध्यक्षमा ढुङ्गेल
नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । यसैगरी उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित हुनु भएको छ । अध्यक्ष पदका लागी रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल बिच प्रतिस्पर्धा भएको थियो । सार्वजनिक मत परिणामअनुसार रामेछापका कैलाश ढुङ्गेलले ६ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४ सय ३९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा दावा दोर्जे लामाले ६१५ मत प्राप्त गर्नू भएको थियो भने सचिबमा नवराज सिलवालले १ मतको अन्तरमा बिजय हासिल गर्नुभएको थियो । सिन्धुपाल्चोक जिल्लाका हस्त पण्डितलाई सिलवालले १ मतले पराजित गराउँनु भएको हो ।
जसमा हस्त पण्डितको ५६७ मत आएको थियो भने सिलवालको ५६८ मत आएको थियो । त्यसैगरी उपसचिब प्रेमकुमार महर्जनले ५९९ र भक्त कु...
