नगर बाल सञ्जालमा श्रेष्ठ
चौतारा साँगाचोकगढी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा नगरभित्र माध्यमिक विद्यालयमा बाल क्लब र स्काउटमा आबद्ध २ छात्रा र २ छात्र सहभागीमा बालभेला, अभिमुखीकरण तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।
भेलामा नगरपालिकाका उपप्रमुख सीता थापा, सामाजिक विकास संयोजक रामप्रसाद गौतम, विभिन्न वडाका वडाअध्यक्षहरुको उपस्थिति रहनुभएको थियो ।
भेलामा उपस्थित बालबालिकालाई बालबालिका कर्मी ललित रानाले बाल अधिकार र बालबालिकाको नेतृत्व तथा सशक्तीकरणका लागि प्रशिक्षण गर्नु भएको थियो । अब बन्ने नयाँ समितिले बालबालिकाको क्षेत्रमा अझ सक्रिय रहनु पर्ने र नगरलाई बाल मैत्री घोषणा गर्न तोकिएका सूचकहरु पूरा गर्न नगर बाल सञ्जालको महत्त्पूर्ण भूमिका रहने कुरा बताउदै भेलालाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रम सञ्चालन बालबालिका तथा महिला शाखाका शाखा अधिकृत गोविन्द ढुङ्गेलले गर्नुभएको थियो । गत वर्ष गठित बाल सञ्...
