योग परम्परागत चिकित्सा पद्धती र जीवनशैली हो ःबस्नेत
सिन्धुपाल्चोक जिल्ला बाह्र्रबिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेतले योग परम्परागत चिकित्सा पद्धती र जीवनशैली हो भन्नु भएको छ। उँहाले बाह्रबिसे नगरपालिकाको आयोजना तथा पतञ्जली योग समिति सिन्धुपाल्चोकको समन्वयमा आईतबारबाटसुरु भएको योग को शुरु गर्दै यस्तो बताउँनु भएको हो । बाह्रबिसे नगरपालिका—३ खुर्सानीबारी कर्बडहलमा खुल्ला योग विज्ञान शिविर कार्यक्रम सञ्चालन भएको छ । विहान ५ बजेदेखी सुरु भई ७ बजे सकेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बालकृष्ण बस्नेतले आत्मअनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग गर्नेहरूको संख्या बढ्दै गएको बताउँनु भयो ।उँहाले योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ । मानिसका मनमा राम्रा–नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन । त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्दछ । धेरैले कुनै पनि ...
