मेलम्चीमा तामाङ भाषमा शिक्षा सिकाइ हुने
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा सुरु गर्ने भएको छ । मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नेपाल बहुभाषिक देश भएको र यस नगरपालिकामा अधिकांश तामाङ बसोबास गर्ने र तामाङ भाषा बोल्ने भएकोले सङघीय कानुन र बहुभाषिकताको मर्म अनुसार नै तामाङ मातृभाषा शिक्षाको लागि कार्यक्रम ल्याइन लागेको बताउँनु भयो । उँहाले नगर अधिवेशनबाट बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । साथै वहांले शिक्षा क्षेत्रको सुधारका लागि विज्ञहरूको उपस्थितिमा कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।नेपाल तामाङ घेदुङ संघका संघिय सह–अध्यक्ष कुमार घिसिङ, मातृभाषा शिक्षा अभियान्ता प्रतीक ङेसुर तामाङ र हिरामान तामाङ बीच मंगलबार मेलम्चीमा भएको छलफल को क्रममा उँहाले यस्तो बताउँनु भएको नगर प्रमुखको सचिबालयले जनाएको छ । सचिबालयका मानकाजी तामाङ...
