स्व. बिनोद नेपालको जन्मदिनमा सिर्जनशिल बाल सेवा परिवारलाई पचास हजार सहयोग
बिनोद नेपाल स्मृति फाउण्डेसनले सिर्जनशिल बाल सेवा परिवार, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९, काठमाण्डौलाई नगद रु.५०,००० (अक्षरेपी पचास हजार) सहयोग गरेको छ ।
स्व.बिनोद नेपालको जन्मदिनमा एक कार्यक्रमको आयोजना गरि ५० हजार सहयोगको चेक फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालले सिर्जनशिल बाल सेवा परिवार संस्थाका संस्थापक अध्यक्ष उमादेवी बस्नेतलाई हस्तान्तरण गर्नुभएको थियो ।
यस वर्षको फागुन १४ गते स्व. बिनोद नेपालको जन्मदिन अनाथ वालवालिकाको हित गरी समाजमा उदाहरणीय रुपमा रहेको सिर्जनशिल बाल सेवा परिवारको प्राङ्गणमा एक कार्यक्रमका बिच मनाइएको हो । फाउण्डेसनले विभिन्न संस्थाहरुलाई सहयोग तथा दान प्रदान गर्दै आएको छ ।
उक्त अवसरमा बिनोद नेपाल स्मृति फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले यस प्रकारको सानो सहयोगबाट अनाथ बालबालिकाहरुलाई शिक्षादिने जस्तो महान कार्यमा यस संस्थालाई केही भ...
