ऐसेलुखर्क माध्यमिक विद्यालयमा बाल संरक्षण मेला सम्पन्न
विपना तामाङ गोले
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको ऐसेलुखर्क माध्यमिक विद्यालयमा बाल संरक्षण मेला सम्पन्न भएको छ ।
बिहिबार ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी रेष्ट पैरवी संस्थाको आयोजना र ऐसेलुखर्क माध्यमिक विद्यालयको प्रविधिक सहयोगमा बाल संरक्षण मेला सम्पन्न भएको हो । ऐसेलुखर्क माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थिहरुले बालश्रम, बालबिबहा, मानव बेचबिखन, लैङ्गिक हिंसा जस्ता अपराध दुरुत्साहन तथा नेपालको कानुनी व्यवस्था र बालबालिकाका अधिकार सम्बन्धि जनचेतनामुलक सन्देश चित्र मार्फत स्टलमा प्रदर्शनीमा राखिएको थियो । स्टलमा प्रदर्शनीमा राखिएको जनचेतनामुलक सन्देश कार्यक्रमको प्रमुख अतिथि, शिक्षक लगायत विद्यार्थिहरुको १०/१० जनाको समूहले अवलोकन गरेको थियो ।
कार्यक्रको उद्घाटन गर्दै प्रमुख अतिथि तथा इन्द्रावती गाउँपालिका प्रवक्त एवंम् ईन्द्रावती गाउँपालिका वड...
