सम्पर्क

Author: लोकप्रिय समाचार

राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई

राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
हेलम्बु गाउँपालिका वडा नम्बर ५ च्योमथलिमामा आयोजित “सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरीय प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२” भलिबल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले उचालेको छ । आज भएको फाइनल खेलमा मेलम्ची नगरपालिकाले मेलम्ची –७ को नमुना एक्टिभ युथ  क्लबलाई हराउँदै उपाधी उचालेको हो ।  यो सँगै  नमुना एक्टिभ युथ  क्लब   दोश्रो भएको छ   तेस्रो स्थान भने जुगल गाउँपालिकाले हात पारेको छ मेलम्ची ७कै सृजनसिल लाई हराउँदै जुगल तेस्रो भएको हो ।तागाङ च्योम्थली चित्रे गोम्देन टोल विकास समितिको आयोजना तथा हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको बिजेताले नगद १ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाएका छन् । खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका खानेपानी उर्जा मन्त्री कृष्णकुमार तामाङ समिरले पुरस्कार वितरण गर्नुभएको आयोजकका ...
 आइतमान तामाङको प्रमुख आतिथ्यतामा  श्री ज्योति भञ्ज्याङ् आधारभूत विद्यालय,  वार्षिकोत्सव सम्पन्न 

 आइतमान तामाङको प्रमुख आतिथ्यतामा  श्री ज्योति भञ्ज्याङ् आधारभूत विद्यालय,  वार्षिकोत्सव सम्पन्न 

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
श्री ज्योति भञ्ज्याङ् आधारभूत विद्यालय, मेलम्ची–७ को ४२ औँ वार्षिकोत्सव तथा २२ औँ अभिभावक दिवस मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले शिक्षा सबैका लागि अनिवार्य र आधारभूत अधिकार भएको उल्लेख गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले लगानीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामुदायिक विद्यालयहरूको सुदृढीकरण नै समग्र समाज विकासको आधार भएको धारणा राख्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान , वडा अध्यक्ष पासाङ तामाङ, निवर्तमान वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर श्रेष्ठ लगायत जनप्रतिनिधि, शिक्षक, अभिभावक, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा विभिन्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्...
राष्ट्रिय मानव अधिकार आयोग द्धारा जिल्लाका नागरिक समाज संग अन्र्तक्रिया

राष्ट्रिय मानव अधिकार आयोग द्धारा जिल्लाका नागरिक समाज संग अन्र्तक्रिया

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  चौतारा । माघ २७ राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय द्धारा सिन्धुपाल्चोकका नागरिक समाजका प्रतिनिधिहरु संग चौतारामा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको संघिय निर्वाचनको पुर्व सन्ध्यामा मनवअधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाइको नेतृत्वमा आएको टोलीले जिल्लाको समग्र मानव अधिकारको अवस्था र निर्वाचन आचार संहिता कार्यान्वयनको अवस्था बारे अनुगमनका लागि सिन्धुपाल्चोक आएका हो । जिल्ला प्रवेश गरेपछि आयोगले याहाँका नागरिक समाजका प्रतिनिधिहरु संग अन्र्तक्रिया गरेको हो । अन्र्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुव दंगाल, गैर सरकारी संस्था महासंघका अध्यक्ष भवानी श्रेष्ठ, नेपाल वार एसोसियसनका अध्यक्ष भूपेन्द्रबहादुर थिङ, निर्वाचन पर्यवेक्षण गर्ने सस्था जियोग का संयोजक ज्ञानेन्द्र तिमल्सीना, मानव अधिकार सं...
विचारः निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका

विचारः निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका

विचार, समाचार
काठमाडौँ, २७ माघ (रासस): आगामी फागुन २१ ग्ते प्रतिनिधिसभाका सदस्यको निर्वाचन हुँदैछ । नेपालको वर्तमान संविधानको धारा, २४५ र २४६ मा निर्वाचन आयोगको गठन र काम कर्तव्यबारे उल्लेख छ । यो संवैधानिक आयोग हो । यो सरकार मातहतको निकाय नभएर अधिकार सम्पन्न स्वतन्त्र निकाय हो । यसले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्सनीय निर्वाचन गराउँछ । यसर्थ, १८ वर्ष उमेर पुगेका आम मतदाताले निर्वाचन आयोगले सम्पन्न गराउने निर्वाचनमा सहभागी भई नागरिकको कर्तव्यपालना गर्नुपर्छ । निर्वाचन आयोगको मुख्यालय काठमाडौँमा छ । सातै प्रदेश र ७७ वटै जिल्लामा यसका कार्यालयहरु छन् । यसर्थ, आफूलाई द्विविधा भएको विषयमा ती कार्यालयमा सम्पर्क राख्न सकिन्छ । आयोगले सञ्चालन गरेको ‘कल सेन्टर’ र आयोगको ‘वेबसाइट’बाट पनि भरपुर सूचना हासिल गर्न सकिन्छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाका २७५ जना सदस्य छनोटका लागि निर्वाचन हुँदैछ । यसमा ७७ जिल्...
मेलम्चीमा रहेकाे जलवाई देवी माविको ५१औँ वार्षिकोत्सव सम्पन्न

मेलम्चीमा रहेकाे जलवाई देवी माविको ५१औँ वार्षिकोत्सव सम्पन्न

खेलकुद, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, साहित्य, स्वास्थ्य
मेलम्ची । श्री जलवाई देवी माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो। विशेष अतिथिको रूपमा शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजाल सहभागी हुनुभयो । वार्षिकोत्सव समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा पूर्व वडा अध्यक्ष ठंकराज गिरीले विद्यालयको वर्तमान अवस्था र भावी योजनाबारे धारणा राख्नु भएकाे थियाे ।उहाँले विद्यालयको स्तरोन्नती, शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि सबै अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमका अवसरमा भुलायुनिक अर्जुन बैरागी अक्षय कोषमार्फत पाँच जना जेहेन्दार तथा आर्थिकरूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो। अक्षय कोषका संरक्षक अर्जुन गिरी र सर्वोत्कृष्ट चन्दादाता ...
सिन्धुपाल्चोक १मा काँग्रेसको समर्थनमा स्वतन्त्रको उमेदवारी फिर्ता

सिन्धुपाल्चोक १मा काँग्रेसको समर्थनमा स्वतन्त्रको उमेदवारी फिर्ता

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सिन्धुपाल्चोक जिल्लाको निर्बाचन क्षेत्र न १मा स्वतन्त्र उमेदवारी दिनु भएका सानु लामाले नेपाली काँग्रेसका जिल्ला सभापती समेत रहनु भउका जङ्गबहादुर लामालाइ समर्थन गर्देै आफ्नो उमेदवारी फिर्ता लिनु भएको छ। तामाङले आफ्नो उमेद्वारी फिर्ता लिँदै नेपाली कांग्रेसका उमेद्वार जङ्गबहादुर लामालाई समर्थन गर्नुभएको हो। उहाँले लोकतान्त्रीक मुल्य मान्यतालाई अपनाउँदै आफ्ना पार्टिका उम्मेदवार लाई रुख चिन्हमा मतदान गरी विजयी गराउन पनि अपिल गर्नुभएको छ । नेपाली काँग्रेसका प्रभावशालस् नेता तथा पुर्ब मनत्री मोहन बहादुर बस्नेतले आज लामा सँग कुरा गरेर उमेदवारी फिर्ता लिन लगाएको नेपाली काँग्रेसकाको उमेदवारलाइ मत माग्न जान समेत निर्देशन दिनु भएको समाचार श्रोतले जनाएको छ । ।श्रोतका अनुसार नोपली काँग्रेस क्षेत्र नै १का सभापती बालकृष्ण बस्नेतले आफ्नो क्षेत्रमा नेपाली कााग्रेसले जित्ने निश्चत भएको भएता पनी घर...
तेर्से माध्यमिक विद्यालयले भव्य रुपमा मनायो ३५औं वार्षिकोत्सब

तेर्से माध्यमिक विद्यालयले भव्य रुपमा मनायो ३५औं वार्षिकोत्सब

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
श्री तेर्से माध्यमिक विद्यालयले आफ्नो ३५औं वार्षिकोत्सब समारोह भब्य कार्यक्रमका बीच सम्पन्न गरेको छ । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)को प्रमुख आतिथ्यमा बिद्यालयले आफ्नो वार्षिकोत्सब मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले तेर्से माध्यमिक विद्यालय जिल्लाकै नमुना समुदायीक विद्यालयको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गर्नुभयो । विद्याललाई सधैं प्राथमिकता दिने उल्लेख गर्दै मन्त्री तामाङले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी तेर्से माध्यमिक विद्यालयबाट धेरैकुरा सिक्न सक्ने बताउनुभयो ।  अब एक वडा एक विद्यालय,एक वडा एक छात्रावासको अवधारणा अनुसार अगाडि बढ्ने हो भने शिक्षामा केहि सुधार गर्न सकिने बताउनुभयो । कतै दरबन्दी थुप्रीने र कतै अभाव हुने समस्याको समाधान हुने उल्लेख गर्नुभयो । मन्त्री तामाङले ...
कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन´ अभियान शुरू गर्दै

कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन´ अभियान शुरू गर्दै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै `फागुन २१ का लागि मेरो २१ दिन´ कार्यक्रम शुरू गर्ने भएको छ। आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले `नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ । `फागुन २१ का लागि मेरो २१ दिन´ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म `जसको पदीय जिम्मेवारी जहाँ /उसले खट्ने त्यहाँ´ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ।´ निर्णयमा भनिएको छ। यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला / क्षेत्र / पालिका र वडामा केन्द...
दोलखामा स्वतन्त्र उम्मेदवार महेन्द्रको समर्थन अजयबाबु शिवाकोटीलाई

दोलखामा स्वतन्त्र उम्मेदवार महेन्द्रको समर्थन अजयबाबु शिवाकोटीलाई

कृषि, खानेपानी, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
दोलखा । जेन-जी पुस्ताका अगुवा तथा दोलखाबाट संघीय संसद्का स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि दोलखाबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी स्थगन गरेको घोषणा गरेका हुन् । आइतबार तामाकोशी–४, मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच उनले उम्मेदवारी फिर्ताको घोषणा गरे । उक्त अवसरमा नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटी र कांग्रेस दोलखाका सभापति वर्मा लामाको समेत उपस्थिति रहेको थियो। मन्दिरको पवित्र प्राङ्गणमा उभिएर खड्काले अबको निर्वाचनमा शिवाकोटीलाई जिताउन आफू र आफ्नो समूह सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । उम्मेदवारी फिर्ता लिँदै खड्काले जेन-जी पुस्ताका अगुवाहरूले अनुभवी र भिजन भएका व्यक्तिलाई समर्थन गर्दा मात्र समाजमा...
शेर बहादुर तामाङद्धारा ८४बर्षीयानेपालसँग आसिर्बाद

शेर बहादुर तामाङद्धारा ८४बर्षीयानेपालसँग आसिर्बाद

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेकपा एमालेका तर्फबाट उमेदवार बन्नु भएका शेर बहादुर तामाङले चौतारासाँगाचोकगढी नगरपालिका १४मा रहनु भएका ८४ बर्षको बृद्धआमा धनमाँया नेपालसँग आसिर्बाद थाप्न आउँनु भएको छ । आज धनमाँया नेपालको ८४बर्ष पुरा भएको अबशरमा ८४को पुजामा प्रसाद समेत लिएर घर दैलो गर्नु भयो । चुनाबि अभियान अन्तरगत चौतारासाँगाचोकगढी नगरपालिका १४मा कायृकर्ता भेटघाट गर्दे आउँन भएका तामाङले आफुलाइ १४ नं वडाका मानीसहरु आफ्नै दाजुभाइ सरह लागेको बताउँदै यँहाको सुख दुखका बारेमा आफुलाइ जानकारी भएको बताउँनु भयो । घर दैलो क्रमम अशक्त बिन्दा बोहारा सँग समेत आसीर्बाद लिन पुग्नु भएको थियो । घरदैलोको क्रममा उँहाले स्थानीय स्तरमा उत्पादीत सामाग्रहिरुको बजारीकरणका लागी सबै लागी पर्न पर्ने बताउँनु भएको सरोज बोहाराले जानकारी दिनु भयो ।...