सम्पर्क

Author: लोकप्रिय समाचार

प्रधानमन्त्री ओली साउन ६ गते विश्वासको मत लिनुहुँदै

ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाण्डौँ प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौँथो पटक प्रधानमन्त्री हुनुभएको हो । संविधानको धारा ७६ (४) बमोजिम उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । रासस...

हार्ट अफ नेपालद्धारा पिछडीएका, दलीत , जनजाती र रेखाङतक्रित महिलाहरुलाई कुखुराको चल्ला वितरण

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  ईन्द्रावती गाँउपालीका वडा नम्बर १२ र ७ का महिलाहरुलाई हार्ट अफ नेपाल संस्थाले कुखुराको चल्ला, दाना, औषधी, गुलकोज वितरण गरेको छ । संस्थाको संयोजक जयन्ति सापकोटा र सामाजीक परीचालकहरुले वडा न ७ र १२ मा रहेको २० वटा समुह मध्येको एक समुहको १ महिलालाई ३५ वटा कुखुराको चल्ला, औषधी र गुलकोज वितरण गरेका छन । विधालयको दिवा खाजालाई प्रभावकारी बनाउने र संस्थाले वितरण गरेको कुखुराको चल्लाबाट उत्पादीत मासु र अण्डा जस्ता स्थानीय उत्पादनलाई विधालयको दिवा खाजाको लागी प्रयोग होस भन्ने उदेश्यका साथ महिलाहरुको आर्थीक बिकासका लागी संस्थाले कुखुराको चल्ला , दाना, औषधी वितरण गरेको संयोजक जयन्ति सापकोटाले बताइन् । पिछडीएको दलित र जनजाती महीलाहरुलाई आत्मनिर्भर बनाई आफुले उत्पादन गरेको बस्तु आफ्नै बच्चाको निम्ति विधालयमा दिवा खाजाको रुपमा प्रयोग गर्ने बातावरण गराई संस्थाले घरायसी उत्पादनको बजारीकरण समस्या नरहने गर...

विचार– लुतो फ्याक्ने पर्वः हराउँदै गएको चलन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, साहित्य
काठमाडौँ, १ साउन (रासस): बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन् । साना–ठूला गरी धेरै चाडपर्व यस महिनामा मनाइन्छन् भने अन्य चाडबाडको प्रारम्भ पनि श्रावणबाटै हुने गर्दछ । यसै दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गरेर उत्तरायणबाट दक्षिणायण लाग्ने हुँदा यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यसै दिन नेपाली समाजमा लुतो फ्याँक्ने चलन चलेपछि यसलाई लुते सङ्क्रान्ति पनि भन्न थालियो । सबै चाडपर्व, रीतिरिवाज, परम्परा आदि तत्कालीन समयको इतिहास बुझ्न सहयोगी हुन्छन् । कतिपय चाडपर्व, उत्सव मनोरञ्जनसँग सम्बन्धित थिए भने कतिपय स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने खालका छन् । यी कतिपय पर्वमा जनश्रुति एवं धार्...

आव २०८०/८१ समीक्षाः आय ७४ र व्यय ८० प्रतिशत

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १ साउनः गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा कूल रु १४ खर्ब आठ अर्ब ७६ करोड ४५ लाख बराबर मात्रै खर्च भएको छ । चालु शीर्षकमा गत आर्थिक वर्षका लागि रु ११ खर्ब ४१ अर्ब ७८ लाख ४१ हजार बराबर बजेट विनियोजन भएकोमा लक्ष्यको ८३ दशमलव ४१ प्रतिशत अर्थात् रु नौ खर्ब ५२ अर्ब ४१ करोड ५१ लाख बराबर खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख विनियोजन भएकोमा लक्ष्यको ६३ दशमलव ४७ प्रतिशत अर्थात् रु एक खर्ब ९१ अर्ब ७१ करोड ७८ लाख बराबर मात्रै खर्च भएक...

पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १ साउनः आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ ।” आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ । कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनम...

बाह्र्बिसेको खाग्दल बेलीब्रिज बगायो तातोपानी सडक अबरुद्ध तत्काल बाटो खोल्न मोहन बस्नेतको निर्देशन

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
बिपत रोकेर रोक्न सकिदैन तर तत्काल व्यवस्थापन गर्न लाग्नु पर्ने पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । बाह्रबिसे नगरपालिका–३ स्थित खाग्दल खोलाको बेलिबिज्र बगाएको थाहा पाउँने बित्तीक्कै काठमाण्डौको बैठक छोडेर बाह्र्बिसे आइ पुग्नु भएका बस्नेतले बेलिबिज्र बगाएको स्थानमा गइ तत्काल यसको व्यवस्थापन गरी सडक आवत जावतका लागी व्यवस्थ ागर्न बाह्र्बिसे नगरपालिकाका साथै सडक बिभाग लगाएत सरोकारवाला हरुलाइ निर्देशन दिनु भयो । उँहाको निर्देशन लगत्तै बाह्र्बिसे नगरपालिका, सडक बिभाग, नेपाली सेना, प्रहरी सबैले अस्थाइ व्यवस्थापन गरी आवतजावतका लागी काम शुरु गरेको छ । काम शुरु गर्न नगर पालिकालाइ निर्देशन दिदै बस्नेतले बिपद परेको बेला नागरिकको साथमा रहन सके मात्र नागरिकले वास्तविक अभिभावक भएको महशुस गर्ने भएकाले आफु यँहा मात्र होइन हरेक ठाँउमा पुग्ने गरेको बताउँनु भयो । बस्नेतले एकसाताभित्र अर्...

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक, ३१ असार : याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पु¥याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पु¥याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ । यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामीसमेत मारमा परेका उहाँले बताउनुभयो । त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताउनुभयो । याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रे...

नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाण्डौँ राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीहरुले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्रमन्त्री डा आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्...

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि गृहजिल्ला झापावासी हर्षित

ब्रेकिङ न्युज २, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेपछि गृहजिल्ला झापावासी हर्षित भएका छन् । जिल्लामा विकास निर्माणलगायतका कामले थप गति लिने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै उहाँलाई नेपालको संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रधानमन्त्री ओलीले विगतका कार्यकालमा जिल्लामा सुरू गरेका विकास निर्माणका योजनाले पूर्णता पाउनुका साथै आगामी दिनमा नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।  कन्काई नगरपालिका–४ का खगेन्द्र उप्रेती जिल्लावासी चौथोपटक देशको कार्यकारी नेतृत्वमा पुग्नु गौरवको कुरा भएको बताउनुहुन्छ । प्रधानमन्त्री ओलीले विगतमा गरेका वाचा पूरा गर्न सकेमा झापावासीका लागि त्यही नै ठूलो उपहार हुने उप्रेतीको भनाइ छ । मेच...

क्रीकेट प्रशिक्षक प्रशिक्षण ललितपुर हातिबन मासम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
अजय धिताल ,सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रीकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा सस्थागत बिधालयका खेल शिक्षक(कोच)हरुको दुई दिने विद्यालय क्रीकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम २०८१ ललितपुर हातिबन मा  सम्पन्न भएको छ।सिन्धुपाल्चोक जिल्ला क्रीकेट संघले ग्रस रुट क्रीकेट बिकासको पहिलो खुड्किला विद्यालय भएकोले विद्यालय बाट नै क्रीकेटको शुरूवात गर्नुपर्ने र शिक्षकले त्यो गर्न सक्ने भएकोहुँदा यो प्रशिक्षण सन्चालन गरेको जिल्ला क्रीकेट संघका सचिब अजय कु.धितालले आफ्नो भनाइमा व्यक्त गर्नुभएको थियोे ।समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्री माननीय युवराज दुलाल शरद ले सिन्धुपाल्चोक जिल्ला क्रीकेट संघको गतिविधिलाई सुरु देखि नै नियालेर हेरेको र सिन्धुपाल्चोक क्रीकेटले छोटो समयमै छुट्टै पहिचान बनाएको र त्यो पह...