मध्य भोटेकोशी जलबिद्युत आयोजना १०२ मेगावटद्धारा नदी किनारामा नबस्न आग्रह
मध्य भोटेकोसी जलविद्युत आयोजना १०२ मेगावटद्धारा सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरवासीहरूका नागरिकलाई कार्तिक २२ देखी मंसिर १८ गतेसम्म नदी किनारामा नबस्न आग्रह गरेको छ ।
आयोजनाले एक सूचना प्रकाशित गरी यसरी आग्रह गरेको हो । आयोजनाले गाउँपालिका वडा नंं. १ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नंं. ३, ५, ६, ७ र ८ मा निर्माणाधीन १०२ मे.वा. जडित क्षमताको मध्य भोटेकोसी जलविद्युत आयोजनाको बाँध, इन्टेक, गेट, डिस्याण्डर (म्भकबलमभच), स्टप लग, सुरुङ लगायत अन्य हेडवर्कसका संरचनाहरूको प्राविधिक परीक्षण गर्न यही मिति २०८१ कार्तिक २२ गते बिहीबार देखी मंसिर १८ गते मङ्गलवार सम्मको अवधिमा आयोजनाको जलाशय, डिस्याण्डर (म्भकबलमभच) तथा सुरुङमा पानी भर्ने कार्य गर्न लागिएको ब्यहोरा जानकारी गराउँदै उक्त परीक्षणको क्रममा उपर्युक्त समयावधिमा आयोजनाको बाँध स्थलमा भोटेकोसी नदीको पानी छेक्ने र छोड्ने क...
