सम्पर्क

मध्य भोटेकोशी जलबिद्युत आयोजना १०२ मेगावटद्धारा नदी किनारामा नबस्न आग्रह

मध्य भोटेकोसी जलविद्युत आयोजना १०२ मेगावटद्धारा सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरवासीहरूका नागरिकलाई कार्तिक २२ देखी मंसिर १८ गतेसम्म नदी किनारामा नबस्न आग्रह गरेको छ ।
आयोजनाले एक सूचना प्रकाशित गरी यसरी आग्रह गरेको हो । आयोजनाले गाउँपालिका वडा नंं. १ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नंं. ३, ५, ६, ७ र ८ मा निर्माणाधीन १०२ मे.वा. जडित क्षमताको मध्य भोटेकोसी जलविद्युत आयोजनाको बाँध, इन्टेक, गेट, डिस्याण्डर (म्भकबलमभच), स्टप लग, सुरुङ लगायत अन्य हेडवर्कसका संरचनाहरूको प्राविधिक परीक्षण गर्न यही मिति २०८१ कार्तिक २२ गते बिहीबार देखी मंसिर १८ गते मङ्गलवार सम्मको अवधिमा आयोजनाको जलाशय, डिस्याण्डर (म्भकबलमभच) तथा सुरुङमा पानी भर्ने कार्य गर्न लागिएको ब्यहोरा जानकारी गराउँदै उक्त परीक्षणको क्रममा उपर्युक्त समयावधिमा आयोजनाको बाँध स्थलमा भोटेकोसी नदीको पानी छेक्ने र छोड्ने कार्यहरू गरिरहनु पर्ने र कुनै बेला एकै पटक ठुलो परिमाणमा पानी छोड्नुपर्ने भई बाँध स्थलभन्दा तल्लो तटीय क्षेत्र अन्तर्गत भोटेकोसी नदी किनारमा पर्ने नयाँ पुल, सखुवा, सानो सखुवा, बोर्डर ल्यान्ड, बसेरी, ढालेकुना, जिरो, चित्रे बजार, जम्बु, सिरिसे, खाग दल, खुर्सानी बारी, बाह्रबिसे बजार, राम्चे बजार, पेरिस डाँडा, जुरे तथा सुनकोसी ड्याम साइड बजारसम्म नै भोटेकोसी नदीको पानीको सतह घटबढ भइरहने भएकोले उपर्युक्त अवधिमा भोटेकोसी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ चराउने, ढुंगागिट्टी उत्खनन गर्ने तथा नदी किनारमा कुनै पनि किसिमका कार्यहरू नगर्न÷नगराउन हुन सर्वसाधारण सबैमा यो सूचना जारी गरिएको छ । यस सम्बन्धी सूचना भोटेकोसी नदीले छुने सम्पूर्ण गाउँपालिका÷ नगरपालिका कार्यालयहरू तथा सिन्धुपाल्चोक जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयहरूलाई पठाई सकिएको छ । यदि उक्त सूचना प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक सूचना मानी आवश्यक सहयोग र समन्वय गरिदिनु हुन समेत अनुरोध गर्दछौ । यस सूचनाको अवज्ञा गरी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ चराउने, ढुंगागिट्टी उत्खनन गर्ने तथा नदी किनारमा कुनै पनि किसिमका कार्यहरू गरी कुनै अप्रिय घटना हुन गएमा यस आयोजना तथा कम्पनी जिम्मेवार नहुने समेत समेत जनाएको छ । कम्पनीले थप जानकारी का लागी आयोजनाको निम्न फोन नम्बरहरूमा सम्पर्क गरी आवश्यक सूचना प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाएको आयोजनाका लेखा तथा प्रशासन प्रमुख अरुण न्यौपानेले जानकारी दिनु भयो । उहाँले आवश्यक परेमा ९८४१४७८१७६, ९८४१०५७२३३, ९८४९५७०४१२, ९७४९४१६०३०मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको समेत जानकारी दिनुभयो ।
न्यौपानेले कुनै प्राविधिक कारणले गर्दा उपर्युक्त परीक्षण कार्यको समयावधि केही समय थप पनि हुनसक्ने र सोको जानकारी सिन्धुपाल्चोक जिल्लाका पत्रपत्रिका, सम्बन्धित सरकारी कार्यालयहरू तथा एफ.एम स्टेसनहरू मार्फत पूर्व सूचना दिइने समेत जानकारी दिनुभयो ।