सांगीतिक प्रस्तुतिका लागि कतार पुगेका गायक रमेशराज भट्टराईसँगै तीन कलाकार सम्मानित
दर्शन सुनार/कतार
कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिन पुगेका चार जना कलाकार सम्मानित हुनु भएको छ । सम्मानित हुने कलाकारहरुमा पछिल्लो समयका ब्यस्त तथा चर्चित गायक रमेश राज भट्टराई,सर्जक तथा लोक दोहोरी गायिका प्रतिभा शर्मा चापागाईं , ईरेक्टर/कोरियोग्राफर प्रदिप कुमार रसाइली र मोडल तथा नृत्याङ्गना रिया बिश्वकर्मा रहेका छन् । चारै जना कलाकारहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारले शनिवार एक कार्यक्रमको आयोजना गर्दै कलाकारलाई दोसल्ला ओढाएर सम्मान पत्र ग्रहण गर्दै सम्मान गरेको थियो । सम्मान पश्रांत शुभकामना मन्तव्य बोल्दै गायक भट्टराईले आफू कतारमा पाचौं पटक सम्म सांगीतिक प्रस्तुति दिने अवसर मिलेको बताउदै प्रतिष्ठान शाखा कतारबाट दोस्रो पटक सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्नु भयो । उहाँले वैदेशिक शाखाबाट आएका दुख गुनासा आफुले सुन्दै आईरहेको र केन्द्रमा पनि वैदेशिक शाखाका गुना...
