अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
काठमाण्डौँ
राष्ट्रिय मानवअधिकार आयोगले नीति, योजना, कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई प्राथमिकता दिन तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
डिसेम्बर ३ अर्थात् अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज आयोगको प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि प्रभावकारी कदम चाल्न र सङ्घ, प्रदेश तथा स्थानीय तहलाई सो आग्रह गरिएको छ ।
“अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण र सम्वद्र्धनका लागि निरन्तर कार्य गर्दै आइरहेको छ, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धमा ऐन कानुनमा भएका व्यवस्थाहरूको कार्यान्वयन अपेक्षाकृत रूपमा हुन सकेको देखिँदैन”, विज्ञप्तिमा भनिएको छ, “अपाङ्गता भएका व्यक्तिहरूलाई घर, परिवार र समाजले हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तनको आवश्यकता रहेको छ । आयोग...

