सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को दिप प्रज्वलन चौतारामा
अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा दीप प्रज्ज्वलन गरिएको छ ।
सुरक्षीत आप्रवासन कार्यक्रमले (सामी) ले आप्रवासी श्रमिक दिवस २०२४ को अवसरमा बुधबार चौतारामा ‘सुरक्षित अप्रवासनको आधार सूचना र सीप सहितको रोजगार’ भन्ने मूल नाराका साथ आयोजित दिप प्रज्जवलन कार्यक्रम गरि मनाइएको हो ।
प्रमुख जिल्ला अ \ धिकारी किरण थापा, चौतारा साँगाचोकगढी नगरालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापा, जिल्ला प्रहरी कार्यलयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितीमा जिल्ला प्रशासन कार्यलयको गेटमा दिप प्रज्वलन गरिएको थियो । नेपाल जस्ता विकासोन्मुख देशका लागि वैदेशिक रोजगारीका लागि पलायन ज्वलन्त समस्या हो । एकातिर देशका लागि रेमिट्यान्स भित्रिने क्रम जारी छ भने अर्कोतिर प्रवासी श्रमिक र तिनका परिवारले सामाजिक खर्च र ...
