सम्पर्क

Author: लोकप्रिय समाचार

राहदानीको विद्युतीय प्रणालीमा समस्या

ब्रेकिङ न्युज १, समाचार
राहदानीको विद्युतीय प्रणालीमा समस्या आएको छ । राहदानी विभागले प्रणालीमा आएको समस्याका कारण विद्युतीय राहदानी सेवा सुचारू गर्न नसकिएको आज जानकारी गराएको हो । विभागका शाखा अधिकृत किरणकुमार गुरूङले उक्त समस्यालाई प्राविधिक समूहबाट समाधानका कार्य भइरहेको जानकारी दिनुभयो ।  विभागले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “यही मङ्सिर ६ गतेदेखि समस्या आएको र यसको पूर्ण समाधानका सम्बन्धमा प्रारम्भिक निष्कर्ष मङ्सिर ९ गतेसम्ममा थप जानकारी गराउन सकिने बेहोरा अनुरोध छ ।” विद्युतीय प्रणालीमा आएको समस्या समाधान गरी मङ्सिर १० गतेसम्ममा राहदानीको सेवा पूर्णरूपमा सुचारू गराउन प्रयासरत रहेको विभागले जानकारी गराएको छ । विभागले उक्त समस्याबारे ६६ वटै जिल्ला प्रशासन कार्यालय तथा १७ वटै इलाका प्रशासन कार्यालयलाई समेत जानकारी पठाएको छ ।...

एमालेको जागरणसभाका जे देखियो…

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
काठमाडौँ, ७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा उत्साह र जोश देखिन्थ्यो । पार्टीका नेता तथा कार्यकर्ताले एउटा हातमा नेपालको झण्डा, अर्को हातमा एमाले पार्टीको झण्डा लिएर बेलाबेला उत्साहित भएर फहराइरहेको दृश्य देखिन्थ्यो । त्यही सभामा एउटा ठूलो बोराभरि भुटेको मकै थियो । सभामा उपस्थित नेता, कार्यकताले पालैपालो निकाल्दै एक–एक मुठ्ठी खाँदै थिए । एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका कलाकारले बीचबीचमा सभालाई उत्साह भर्न गीत गाएपछि झन् उत्साहित भएर झण्डाहरू फहराउँदै नाचेको दृश्य देखिन्थ्यो । राष्ट्रिय जनसांस्कृति महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले लेख्नुभएको गीतलाई कलाकार अमृत खातीले गाउनुभएको थियो । गीतमा भनिएको थियो, ‘लागौँ सबै विकासको बाटोमा, मोती फल्छ नेपाली माटोमा ।’ कलाकार खातीकै स्वरमा अर्क...

पाठेघरको क्यान्सर रोगीको उपचारका लागि सहयोग जुटाउँदै पौडेल

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
दर्शन सुनार/लोकप्रिय समाचार दैनिक/ दोहा,कतार करिब ५ महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा पाठेघरको क्यान्सरको उपचार गराई रहेकी जलजला गाउँपालिका वडा न ७ मिलनचोक पर्वत निवासी गङ्गा दमाईलाई कतारबाट करिब २ लाख रुपियाँ सहयोग पठाइएको छ । कतारमा रहेर सामुदायिक पत्रकारिता गरिरहेका मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकाका संवाददाता तिलु शर्मा पौडेलको संयोजकत्व तथा पहलमा गङ्गालाई उक्त सहयोग पठाइएको हो । गङ्गाको छोरी अनिता परियारले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सहयोगको याचना गरेपछि सहयोगका लागि मध्यान्हकर्मी पौडेल अगाडी आएका हुन् । पौडेलले सुरुमा आफैले सक्दो सहयोग गरे र आफ्नो फेसबुकमा स्ट्याटस राख्दै सहयोगका लागि अपिल गरे लगत्तै केही रकम सहयोग प्राप्त भएको बताउनु भयो । दसैँ तिहार मनाउन वार्षिक बिदामा नेपाल गएका पौडेलले बिरामीको छोरी अनितालाई पोखरामा भेटेर बिरामीको स्वास्थ्य अवस्था, आर्थिक लगायतका अ...

अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ७ मङ्सिर : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गर्नुभएको छ । नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताउनुभयो । आफूहरुविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौड्ने उल्लेख गर्दै अध्यक्ष ओलीले कागले कान लग्यो भन्दैमा आकाशतर्फ हेरेर कागका पछिपछि दौडन आवश्यक नरहेको बताउनुभयो । “आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन् । यस्ता कुनै पनि प्रकारका ठगी सैह्य हुँदैन । नेपाली जनता आफ्नो संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै ‘समृद्ध नेपाल स...

मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित, पुर्वमन्त्री बस्नेतद्वारा फिल्ड निरिक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
रामचन्द्र दुलालमेलम्ची/ ७ मंसिर ,नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले पाटीभञ्ज्याङ देखि बाहुनेपाटी खण्डकाे मध्यपहाडी लाेकमार्गकाे निरिक्षण तथा अनुगमन गर्नुभएकाे छ ।मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित भएकाे छ । लाेकमार्गकाे अनुगमन गर्दै पुर्वमन्त्री बस्नेतद्वारा यश खण्डमा अब गुणस्तरीय सडक बन्ने बताउनुभयाे । ७६ कराेड मध्ये अधिकांस काम सिन्धुपाल्चाेकमा हुने उहाँले जानकारी दिनुभयाे ।निरिक्षणकाे क्रममा बस्नेतले यश अघि पनि साना तथा मझाैला याेजना परेकाे अवगत गराउनुभयाे । ‘यश क्षेत्रमा ठुलाे रकम परेकाे छ । समयमा काम गर्न पर्याे’, पुर्वमन्त्री बस्नेतले भन्नुभयाे । समयमा काम नभएमा रकम अन्त जाने भन्दै चाँडै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई उहाँले निर्देशन दिनुभयाे ।साथै बस्नेतले स्थानियकाे मागकाे सम्बाेधन गर्दै ...

आयुर्वेद सेवा प्रवर्द्धनबारे पत्रकारसँग अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ५ चौतारा स्थित चौतारा होमस्टेमा सिन्धुपाल्चोक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुपाल्चोकले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय स्तरका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बिहीबार वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख अतथ्यतामा र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठको विशेष अतथ्यतामा भएको हो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सिन्धुपाल्चोकका प्रमुख श्रीराम पराजुलीले कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा पराजुलीले संघ र प्रदेशमा आयुर्वेद सेवा तथा आयुर्वेद शिक्षाका बारेमा जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय अस्पतालको आफ्नै भवन नरहेकोले समस्या परेको, सवारी साधनको समस्या रहेको भवन निर्माणका लागी आवश्यक जग्...

बाह्रबिसेले सुरु गर्याे एकीकृत घुम्ती शिविर

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले आफ्ना नगरका सबै वडाहरूमा एकीकृत घुम्ती सेवा सुरु गरेको छ । घुम्ती सेवामा मानिस, पशुपन्छी, माटोको परीक्षण गरिनुका साथै उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण प्रशिक्षण लगायत नगरपालिकाबाट हुने सबै खालका सेवाहरू समावेश रहेको छ । उक्त सेवा वडा नं. १ बाट सुरु गरिएको छ ।नगरपालिकाको आयोजनामा कृषि, पशु, स्वास्थ्य, योजना सम्बन्धी एकीकृत घुम्ती सेवा शिविर भएको हो । बाह्रबिसे नगरपालिका वडा नं. १ मा बाह्रबिसे नगर उपप्रमुख मञ्जु तामाङको प्रमुख अतिथिमा शिविर सुरु भएको हो । बाह्रबिसे नगरपालिका वडा नं. १ का वडाध्यक्ष आङदोर्जे शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा वडाका १ सय ७५ जनाले सेवा लिएको नगर उपप्रमुखको सचिवालयका कमल लामाले जानकारी दिनुभयो । कार्यक्रमको शुभारम्भ गर्दै उप प्रमुख तामाङले नगरका कोही पनि नागरिकहरू बेरोजगार बन्न नपरोस् कोही पनि शिक्षा स्वा...

गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
नौमुले (दैलेख), ७ मङ्सिर : नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुग्नुभयो । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्नुहुन्छ । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जीखेती गर्नुभएको छ । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्तागरी गाउँमै व्यावसायिक सागसब्जी लगाउनुभएको छ । कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीतजस्तै भएको छ, खड्कालाई । मलाई अमेरिका यही, मलाई जापान पनि यही । गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उहाँले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गर्नुभएको छ । उहाँले हाँस्दै भन्नुभयो, “ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो ?” पालिकामा तरकारी सङ्कलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उहाँको दिनचार्य नै बनेको छ । खड्का भ...

दुष्प्रचार र घृणास्पद सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिलको अपील

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ/प्रेस काउन्सिल नेपालले एक विज्ञप्ति जारी गर्दै आसन्न स्थानीय तह निर्वाचन सफल बनाउन सञ्चार जगतको विशेष भूमिका रहेको उल्लेख गर्दै मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्रीहरू प्राथमिकताका साथ सम्प्र्रेषण गर्नुपर्नेमा जोड दिएको छ ।प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत/सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘निर्वाचनको समयमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण हुनसक्ने, कुनै एक दलका नेताहरूबाट अर्को राजनीतिक दल तथा दलका नेताविरुद्ध घृणास्पद अभिव्यक्ति आउनसक्ने, गलत सूचना, दुष्प्रचार हुन सक्नेतर्फ सचेत रही त्यस्ता मिथ्या, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गरेपश्चात स्थान दिन एवं कसैको पक्ष वा विपक्षमा नलाग्न र र मतदाता शिक्षा एवं ...

प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ६ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देश गर्नुभएको हो ।प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरुपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिनुभयो ।“भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस् । बैठकहरुको औचित्य सिद्ध गर्नुस् । अर्काे बैठकमा आउ...