वडा कार्यालय भवन निर्माणमा असहमती जनाउँदै बुझायो ज्ञापनपत्र
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको वडा नं. ३ को वडा कार्यालय भवन निर्माण बारेमा भएको विबाद जिल्लासम्म पुगेको छ । मंगलबार संघर्ष समितीका संयोजक भुपेन्द्र बानियाँ, पूर्व वडाअध्यक्ष देव प्रसाद बानियाँ, पूर्व वडा सदस्य खगेन्द्र थापालागायतको टोलीले जिल्ला समन्वय समितीलाई ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापनपत्रमा भनिएको छ
‘प्रस्तुत विषयका सन्दर्भमा साविक कुन्चोक गा. वि.को कार्यालय खुतुमेडाँडा ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ को अस्थायी कार्यालय तोकिएर कामकाज हुँदै गर्दा बहुसंख्यक नागरिकले अपायक महशुस गरेकै थिए । अघिल्लो वडा समितिले पायक पर्ने स्थानभनेर भन्ज्याङमा वडा कार्यालय बनाउनलाग्दात्यो पनि अपायक भएको भनी विवाद सृजना भयो । विडाको केन्द्र र कार्यालय भवन सम्बन्धी विवाद र असमझदारीले वडा समितिको अघिल्लो कार्यकालमा असन्तुष्ट नागरिक समुह अदालतसम्म पुगेको र अदालतको आदेश बमोजिम गर्दा तत्का...

