‘शैक्षिक मेला’ मा कालिदेवीको अब्बल प्रस्तुती
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं ७ श्यामसाधु स्थित श्री कालीदेवी आधारभूत विद्यालयको आयोजनामा शैक्षिक मेला भएको छ । बाह्रबिसे नगरपालिकाको सामुदायिक विद्यालयहरुका आधारभूत शिक्षाको गुणस्तर सुधारका लागी सन्चालित एकिकृत विध्यालय शिक्षा परियोजना कार्यक्रम अन्तर्गत बालमैत्री विद्यालय वातावरणमा बालकेन्द्रित शिक्षण सिकाइ बहुकक्षा बहुस्तर शिक्षण विधि सन्चालन गर्दै आइरहेको कालिदेवी आधारभुत विद्यालय, श्यामसाधु, बाह्रबिसे–७ सिन्धुपाल्चोकका बालबालिकाहरुले शिक्षण सिकाइको क्रममा सिकेका महत्वपुर्ण सिकाइ क्रियाकलापहरुलाई विद्यालय सरोकारवालाहरु माझ ‘शैक्षिक मेला’ मार्फत प्रस्तुत गरेका छन् । कक्षा १ देखि क कक्षा ५ सम्मका विध्यार्थीबाट २३ वटा स्टलहरु राखिएको सो शैक्षिक मेला सोही विद्यालयको वि.व्य.स अध्यक्ष मोहन बहादुर श्रेष्ठको सभाध्यक्षतामा, बाह्रबिसे नगरपालिका, नगर प्रमुख बालकृष्ण बस्नेत ज्यूक...
