लाँगर्चे माध्यमिक विद्यालयको ६५औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न
लाँगर्चे माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका –८ को ६५औं वार्षिकोत्सव , अभिभावक दिवस तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्नुहुँदै पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले गुणस्तरीय शिक्षा प्रदान गर्न मेहनत गर्ने शिक्षकलाई सदैव सम्मान गर्ने बताउँदै भएका कमिकमजोरीलालाई सुधार्दै उत्कृष्ट नतिजा ल्याउन सकेमा अझ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले यहाँको आग्रह अनुसार घेराबारको निम्ति सहयोग गरेको बताउँदै विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीको मेहनतबाट मात्र गुणस्तरीय शिक्षाको लक्ष्य प्राप्त हुने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा सहयोग गर्ने सम्पुर्ण संघ संस्था र व्यक्तिहरुलाई आभार प्रकट गर्दै आगामी दिनपनि सहयोगको अपेक्षा गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक राममणी धितालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । पुर्वाधार र...

