कुमार बस्नेत (अधिराज)
सुनकोशी गाँउपालिकाको आयोजनामा महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ महिला सशक्तिकरण र लैंगिक समानताको प्रतिवद्धता व्यक्त गर्दै ११५औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन्न गरिएको छ ।
कार्यक्रमको प्रमुख आतिथ्यता सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले गर्नु भएको थियो भने सभापतित्व उपाध्यक्ष कान्छि लामाले गर्नु भएको थियोे । कार्यक्रममा ७ वटै वडा अध्यक्षहरू ७ वटै महिला संजालका समुहहरू स्वस्थ सोयमसेविकाहरू सहकारी संस्थाहरूको र स्थानिय महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा जनचेतनामूलक नाटक प्रस्तुत गरियको थियो भने सुनकोशी भित्रका महिला समुहहरूको गायन प्रतियोगिता समेत गरिएको थियो । उक्त एक दिवसीय गाएन प्रतियोगितामा १४ टिम समुहको प्रतिस्पर्धा रहेको थियो।सुनकोशीको मौलिक भेषभुसा झल्किने मौलिक लोक भाका , भजन, प्रतियोगिहरूले प्रस्तुत गरेका थिए । प्रतियोगितामा महिला संजाल सुनकोशी १ पहिलो, महिला संजाल सुनकोशी ५ दोस्रो ,महिला संजाल सुनकोशी ६ तेस्रो र सुनकोशी बहुउद्देश्यीय सहकारी संस्था सुनकोशी १ चौथो भएको छ ।
पहिलो पुरस्कार नगद १५ हजार टीका र खादा ,दोस्रो पुरस्कार नगद १० हजार टीका र खादा, तेस्रो पुरस्कार नगद ७ हजार टीका र खादा लगाएर सम्मान गरिएको थियो भने सहभागी सबै टिमलाई नगत १५ सय प्रदान गरिएको थियो भने नाटक प्रदर्शन गर्ने टिमलाई नगद ५ हजार समेत दिएको सुनकोशीका उपाध्यक्ष कान्छि लामाले बताउनु भयो ।

