इन्द्रावती गाउँपालिकाले महिला उद्यमीहरुलाई सम्मान गर्दै फरक ढङ्गकबाट ११५औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । गाउँपालिकाद्वारा आयोजना गरिएको महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी तथा सचेतनामुलक सांस्कृतिक कार्यक्रम गी ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हो । दिबसको अवसरमा इन्द्रावती गाउँपालिकाले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी तथा सचेतनामुलक सांस्कृतिक कार्यक्रम गरेको छ । गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा पालिका भित्रका १२ वटै वडाबाट महिला उद्यमीहरुले उत्पादन गरेका तरकारी, खाद्यान्न, कपडा, जडिबुटि लगायत स्टल राखिएको थियो । उनिहरुलाई पालिकाले नगद सहित सम्मान समेत गरिएको थियो ।त्यस्तै उत्कृष्ट स्टलको रुपमा वडा नम्बर १ लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्क नेपालले महिलाहरुको आयआर्जन वृद्धि गर्न हरेक वडामा तालिम दिएर त्यो वडाको विशेषता अनुसार उद्यम सञ्चालन गरिएको बताउनुभयो । उहाँले महिलाको हक अधिकार स्थापित गर्न गणतन्त्र पछिका सरकारले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले कृषि र पशुपालन मार्फत पालिकालाई समृद्ध बनाउन बिभिन्न संस्थासँग सहकार्य गरि कार्यक्रमहरु ल्याइएको बताउनुभयो ।
उपाध्यक्ष सोभना तामाङले महिला अगि बढ्न लगानि मात्र हैन त्यसको प्रोत्साहन गर्न पर्नेमा जोड दिनुभयो ।
उहाँले आयार्जन र रोजगारी मार्फत महिलालाई अघि बढाउन पालिका लागि परेको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अभिकृत पुर्ण प्रसाद दुलालले दिबसको अबशरमा महिलाहरुद्धारा उत्पादीत सामाग्रीको प्रदर्शनीका साथ उत्कृष्टलाइ सम्मान गर्ने कार्यक्रमले महीलाहरुमा उत्पादन मुखी काम गर्न प्रोत्साहन समेत हुने भएको हुँदा यो कार्यक्रम अती महत्वपुर्ण रहेको बताउँनु भयो ।
कार्यक्रममा बिभिन्न वडा अध्यक्षहरु र महिला संगठनका प्रमुख लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो कार्यक्रममा बिभिन्न सहकारी र महिला समुहले सचेतनामुलक नाटक, गितले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो । कार्यक्रम पशु सेवा शाखाका संगिता खत्रीले सञ्चालन गर्नुभएको थियो ।



