सम्पर्क

गैर आवासिय नेपाली संघ एनसिसी कतारको आयोजनामा “बृहत् ईफ्तार” कार्यक्रम सम्पन्न

 दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनसिसी कतार र कतारमा स्थापित पाँच दर्जन विभिन्न सामाजिक संघ संस्थाको संयुक्त आयोजनामा ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको पावन अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा “बृहत् ईफतार कार्यक्रम“ सम्पन्न भएको छ । शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा एनसिसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राजदूतावास कतारका राजदुत रमेश चन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मौलाना धर्म गुरु गुमाम रज्बीले तिलावत कुरान पढेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका काःवा अध्यक्ष तथा मौलाना नाजिरले रमादान,“रोजा,उपबास“बारेमा प्रष्ट पार्नु भएको थियो । पबित्र महिना रमदानको पावन अवसरमा आयोजित कार्यक्रममा बिभिन्न विशिष्ट ब्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना वक्ताहरुले पबित्र महिना रमजानको पावन अवसरमा हामी नेपाली समुदायको भाईचारा, माया सद्भाव कायम रहने बिश्वास व्यक्त गरेका थिए । ईस्लाम धर्म गुरु मौलाना अब्दुल खालिक कासमीले तकतिर तथा पर्वचन गरेर ईस्लाम धर्मको बारेमा बताउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी पौडेलले आफ्नो मन्तव्य बोल्दै पबित्र महिना रमजानमा आत्मशुद्धी देह मानशिक र शारीरिक स्वास्थताको लागी गरिने व्रतले हाम्रो भाईचारा तथा बन्धुत्वमा आत्मीयतामा बाध्न थप सहयोग पुग्ने बताउदै एनसिसी कतारले आयोजना गरेको बृहत् ईफतार तथा पबित्र कार्यक्रममा शरिक भएर शुभकामना आदान प्रदान गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।
प्रोफेसर रमजान अलि मियाले रोजा राख्नुको अर्थ र रमजानको बिशेषता र महत्वको बारेमा जानकारी गराउदै । आफ्नो ४१ औं कृति “रोजा“जो यसै पवित्र महिना रमजान र विशेष गरि यस महिनामा राखिने उपवास “रोजा“ (अल् सियाम) संग सम्बन्धित विभिन्न विषय तथा जानकारी मुलक सन्दर्भ सामाग्रीमा आधारित पुस्तकको प्रि–विमोचन गर्दै कार्यक्रमका सभापति,प्रमुख अतिथि ,बिशिष्ट ब्यक्तित्वहरुलाई हस्तान्तरण गर्नु भएकोथियो ।

एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण महासचिव रबिन मगरले गर्नु भएको थियो । कार्यक्रमका सभापति रमेश भट्टले ईस्लाम धर्मावलम्बीहरुको पबित्र चाड रमदान मुबारकको शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्ने धर्म गुरु,बर्तालु तथा हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रमको अन्त्यमा मौलाना कारी कलिमुल्लाह नदवी साहेबले दुवाँ पढेर रोजा खोल्नु भएको थियो । कार्यक्रममा एनआरएनए आईसीसी तथा एनसिसी कतारका विभिन्न बिधाका पदाधिकारीहरु,धर्म गुरु, बर्तालुसँगै कतारमा स्थापित विभिन्न संघ सस्थांका संस्था प्रमुख तथा प्रतिनिधिहरु,समाजसेवी बुद्धिजीवी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।