गुल्मीका मृगौला पीडित रायमाझीलाई सद्भाव युवा समुह कतारद्धारा आर्थिक सहयोग
दर्शन सुनार/लोकप्रिय समाचार दैनिक, दोह, कतार
“आपसी सहयोग,सामाजिक सदभांव र बन्धुत्वको लागि“ भन्ने मुल नाराका साथ सामाजिक कार्यमा सक्रिय रहेको सदंभाव युवा समुह कतारले गुल्मीका मृगौला पिडितलाई आर्थिक रकम सहयोग गरेको छ । सदंभाव समाजले गुल्मी जिल्ला ईस्मा गाउपालिका,हस्तिचौर गाविस वडां न ७ निवासी मृगौला पिडित सागर रायमाझीलाई ( १७,७००) नेरु सत्रहजार सात सय रुपैया आर्थिक रकम सहयोग गरेको हो ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण बाबा सिरा बहादुर रायमाझी र आमा बिष्णु रायमाझीका एक्लो सुपुत्र सागर वैदेशिक रोजगारीको शिलशिलामा डेढ बर्ष अघि उहाँ कुवेत पुग्नुभएको थियो । कुवेतको एक कम्पनीमा कार्यरत सागर डिउटीबाट फर्कने क्रममा उनी एक्कासी बिरामी परेपछि कुवेतको सरकारी हस्पिटलमा भर्ना हुन पुग्नुभयोे । हस्पिटलमा भर्ना भएको केही दिनमा उनको मृगौलामा समस्या देखा परेपछी दुबै मृगौला फेल भएको हस्पिटलले रिपोर्ट दिएपछ...
