सम्पर्क

नेपाल मगर संघ शाखा कतारले ४३औं स्थापना दिवस मनायो

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
नेपाल मगर संघ केन्द्रिय कार्यालय काठमाडौ बाट वैदेशिक शाखाको रुपमा मान्यता प्राप्त नेपाल मगर संघ शाखा कतारले स्थापना दिवस मनाएको छ । नेपाल मगर संघ शाखा कतारका अध्यक्ष रेशम आले मगरको सभापतित्व नेपाल मगर संघ केन्द्रिय कार्यालय काठमाडौका ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा शुक्रबार ग्रान्ड मल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा “४३ औ स्थापना दिवस“ भब्य रुपमा मनाएको हो ।
बिधिगत रुपमा ब्यानर अनावरण तथा दिप प्रज्वलन सगैं स्थापना दिवसको अवसरमा केक काटेर अघि बढेको कार्यक्रममा संघकी प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक देवी कुमारी मगरले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका सभापती,प्रमुख अतिथि साँस्कृतिक वाङ्ग राजा लगायत विशिष्ट अतिथीहरुलाई फेदा लगाएर सम्मान गरिएको थियो । नेपाल मगर संघ साँस्कृतिक परिवारमा आवद्ध रहेका कलाकारहरुले नृत्य प्रस्तुती राखेका थिए । स्थापना दिवसको अवसरमा कतारमा स्थापित विभिन्न बैचारिक सगंठन,प्रदेश समन्वय,जिल्ला सस्थां नेपाल आदिवासी जनजाती महासंघमा आवद्ध रहेका मातृं सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति सहित करिब २ दर्जन भन्दा बढी ब्यक्तित्वहरुको शुभकामना मन्तव्य रहेको थियो । शुभकामना वक्ताहरुले संघको “४३ औ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।बिगत लामो समय देखि नेपाल मगर साँस्कृतिक परिवारमा आवद्ध रहेका कलाकार ललिता लामा,शकुन्तला क्षेत्री,सुनिता शेर्पा,सुमी कुमाल,जुनु कुमाललाई संघले दोसल्ला ओढाएर मानार्थ सदस्यता प्रमाण पत्र प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथी ज्ञानेन्द्र पुन मगरले स्थापना दिवसको अवसरमा उठेका प्रश्नहरुको जवाफ दिदै मगर संघ किन र कसरी गठन भयो भन्ने बिषयमा आफ्ना भनाईहरु राख्नु भएको थियो । नेपालका प्रथम सहिद लख्खन थापा मगरको जिवनी र ईतिहासको बारेमा प्रष्ट पार्दै फागुन १५ गतेको दिन नेपाल मगरहरुको महाधिवेशन एकतामा बाधिएको दिन भएको हुनाले स्थापना दिवसलाई मनाउदै आएको र कतार सगैं बिदेशिक शाखाको रुपमा अन्य २६ वटा देशहरुमा रहेको र धेरै ठाउमा आफू सम्बोधन गर्न पुगेको समेत बताउनु भयो । नेपाल मगर संघले हरेक जातजाती धर्म संस्कृति भेषभुषा लाई सम्मान गर्दै आईरहेको र आगामी दिनमा पनि राष्ट्र र राष्ट्रियता झल्काउने संस्कार र संस्कृतिलाई सम्मान गर्ने बताउदै
प्राचीनकाल देखि रहदै आएको हाम्रो धर्म,हाम्रो संस्कृति परम्परालाई बचाउन पर्ने बेला आएको र नेपालका अन्य जातजातीहरुले पहिचान संस्कृति लाई मेटाउन खोजेमा त्यसको खातिर नेपाल मगर संघ डटेर सामना गर्ने समेत बताउनु भयो । नेपालको ईतिहास मा देशको लागि जसले लडेर ईतिहास बनाए उनीहरुलाई राष्ट्रले चिन्न न सकेकोमा दुख व्यक्त गर्दै पुर्व संस्कृति मन्त्री सुदन किराँती तथा बर्तमान संस्कृती मन्त्री बद्री पाण्डे समक्ष नेपालका आदिवासी जनजाती हक अधिकारका बिषयमा आफना मागहरु पेश गरेको समेत जानकारी दिनु भएको थियो । नेपाल जातजाती धर्म संस्कृतिले भरिपुर्ण भएको देश् राजनीति लडाईले गर्दा देशमा जातियताको एक खालको द्वन्द हुने आकंलन र चिन्ता व्यक्त गर्दै नेपालको राजनितिले सही दिशा निर्धारण गर्न न सकेमा देशमा पुन एक पटक जातिय द्वन्दको हिंसा हत्या हुन सक्ने बताउदै राज्य सत्ता चलाईरहेका राजनीति दलहरु सच्चिन जरुरी रहेको जिकिर गर्नु भयो । पुन मगरले कार्यक्रमलाई करिब एक घन्टा सम्बोधन गर्नु भएको थियो । संघका उपाध्यक्ष कुमार राहादी मगरले स्थापना दिवसको बारेमा प्रष्ट पार्नु भएको थियो । सभापति आले मगरले कार्यक्रमलाई भब्यता साथ सम्पन्न गर्न सहयोग गर्नुहुने विभिन्न एरिया समिती बिभाग तथा हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो। कार्यक्रमको सहजीकरण संघका महासचिव समीर थापा मगरले गर्नु भएको थियो ।