‘आईसीटी डे’ को अवसरमा क्यान सिन्धुपाल्चोकले गर्यो साईबर सेक्युरिटी सम्बन्धी अन्तरक्रिया
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आईसीटी डे’ को अवसरमा कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान) सिन्धुपाल्चोक शाखाले साईबर सेक्युरिटी सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” भन्ने नाराका साथ नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित उक्त कार्यक्रममा साइबर सुरक्षाबारे विस्तृत छलफल गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रविधिको पहुँच बढ्दै गएको सन्दर्भमा यसको सुरक्षित प्रयोग गर्न नसकेको अवस्था गम्भीर चुनौतीको रूपमा रहेको उल्लेख गर्नुभयो । मोबाइलजस्ता प्रविधि साधनमार्फत दैनिक जीवनका अधिकांश कामहरू सहज रूपमा गर्न सकिने भएपनि प्रयोगकर्ताहरूले सुरक्षा मापदण्डलाई बेवास्ता गर्ने प्रवृत्तिले साइबर अपराधमा वृद्धि भईरहेको उहाँले बताउनुभयो । साइबर अपराधका विविध पक्षलाई उजागर गर्दै जिल्ला प्रहरी कार्यालयका प...
