आज देखी सिन्धुपाल्चोकका सबै वडाहरुमा अनलाइन सेवा शुरु हुने
जिल्लाका प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज देखी जिल्लाका सबै वडाहरुलाइ अनलाइनबाटै नागरिकताको सिफारिस गर्न परिपत्र गरेको छ । जिल्लाको सबै वडा कार्यलयहरुले अनलाइनबाट नागरिकताको लागी सिफारिस गर्न तालीम लिएका र केही पालिकाहरुले यसको कार्यन्वयन गरेको भएता पनी धेरै पालिकाका वडा हरुमा बाँकी भएको ले जिल्ला प्रशासन कार्यलयले सबै वडाहरुलाइ अनिबार्य गरेको हो । प्रमुख जिल्ला अधिकारी किरण थापाले अनलाइन मार्फत नागरिकताको सिफारिस गर्नका लागी हरेक वडा सचिब कम्प्युटर अपरेटर हरुलाइ तालिम दिइ सकेको भएता पनी केही वडाहरुमा बाँकी भएकाले यसका लागी सबैलाइ अनलाइन मार्फत सेवा प्रबाह गर्न अनुरोध गरिएको बताउँनु भयो । उँहाले मन्त्रालयको निर्णय अनुसार सबै लाइ अनलाइन सिफारिसका लागी सिन्धुपाल्चोक जिल्लाका वडाहरुलाइ पनी अनुरोध गरिएको जानकारी दिनु भयो । उँहाले नागरिकता सिफारिसको कार्यलाई समय सापेक्ष, प्रविधिमैत्री र सेव...







