पाँचपोखरीको मेला, भक्तजनको मनमनमा वाईसियल
निर्मल बस्नेत
२५ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी मेलामा वाईसियल नेपालले मेला अवधिमा स्वयमसेवकको भूमिका निर्वाह गरेको थियो । स्वास्थ्य परिक्षण र सरसफाईको काममा सरिक वाईसियल श्रदालु भत्तलजनहरुको मनमनमा बस्न सफल भएको छ । वाईसियलले देशव्यापीरुपमा जनश्रमदान र जागरण अभियान अन्गरगत विविध जनसेवाको काम गर्दै आईरहेको छ । प्रत्येक वर्षको जनैपूर्णिमाको दिन पाँचपोखरीमा मेला लाग्ने गरेको छ ।
समुन्द्रिक सतहबाट ४ हजार १ सयको उचाईमा रहेको उक्त क्षेत्रमा वाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरु धार्मीक आस्था र प्राकृतिक मनोरन्जनको लागि उक्त स्थान रोजाईमा रहेको छ । नेपालको हिमाली क्षेत्रको विभिन्न धार्मीक तथा प्राकृतिक रुपले प्रसिद्ध ठाउँहरु मध्येको एक हो पाँचपोखरी । यो स्थान हिन्दु तथा बौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र बनेको छ । यहाँबाट देखिने मनोरम हिमशृङ्खला र आसपासको सुन्द...



