सम्पर्क

Month: २०८३ भाद्र १४ आईतवार

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

विचार, समाचार
गोरखा, १४ भदौ : त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ । बाढीले लगातार तीन घण्टा हानेपछि बिहान ११ः३० बजेतिर पुल ढलाएर बगाएको स्थानीय विनोद नहर्कीले जानकारी दिनुभयो । पुल लगेपछि गण्डकी गाउँपालिका ७ र ८ का बासिन्दा त्रिशूली तरेर राजमार्गतर्फ जान समस्या भएको छ । “घ्याल्चोकका करिब ४०० घरधुरी किसानले तरकारी र दूध बोकेर चरौँदीको कृषि सहकारीमा लैजाने मुख्य बाटो हो”, उहाँले भन्नुभयो, “अब यहाँका किसानले तरकारी र दूध बेच्न नपाउने भए ।” यसअघि गत भदौ १० गते बुधबार आएको बाढीले यसभन्दा केही तल रहेको धवादीघाटको पुल लगेको थियो । सो पुल लगेपछि स्थानीयवासी घ्याल्चोकको पुल भएर वारपार गर्ने गरेका थिए । यो पुल लगेपछि स्थानीयवासीलाई समस्या भएको अर्का स्थानीय विजय रूपखेती बताउनुहुन्छ । घ्याल्चोक–चरौँदी जोड्ने १३० मिटर लामो पुल छ वर्ष...
“रानीपोखरी मेलाको अवसरमा बाँझविसौनीमा रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान”

“रानीपोखरी मेलाको अवसरमा बाँझविसौनीमा रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान”

खानेपानी, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रको आयोजनामा रानीपोखरी मेलाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका–८ इर्खु अन्तर्गत बाँझविसौनीमा भदौ १२ गते आयोजित रक्तदान कार्यक्रममा ३० जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। रानीपोखरी मेलालाई सामाजिक तथा मानवीय सेवासँग जोड्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। मेलाको अवसरमा हुने धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिसँगै रक्तदानजस्तो महत्वपूर्ण मानवीय सेवाको कार्यक्रम सञ्चालन गरिएकाले यसले सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकको भनाइ छ। रक्तदान कार्यक्रमको मुख्य उद्देश्य रगतको अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था न्यूनीकरण गर्नु तथा आ...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी

लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेकोमा आपत्ति जनाएको छ । सरकारले २०८३ भदौ ५ गते शुक्रबार गतेको निर्णय तत्काल फिर्ता लिन शाखाले माग गरेको छ । सञ्चारमाध्यमको आर्थिक स्थायित्व र पत्रकारको पेशागत सुरक्षासँग प्रत्यक्ष जोडिएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै शाखाले निर्णय सच्याउन सरकारलाई आग्रह गरेको हो । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले २०८३ भदौ १३ गते शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति घोर आपत्ति जनाउँदै यस्तो निर्णयले विशेषगरी साना लगानी तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई थप आर्थिक संकटमा पार्ने उल्लेख गरिएको छ । सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने यसप्रकारका अलोकतान्त्रिक र अ...
पलाञ्चोक भगवतीमा क्षमा पूजा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

ब्रेकिङ न्युज २, विचार, समाचार
बनेपा, १२ (काभ्रे): पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको छ । केही दिनअघि साँझको आरतीका क्रममा मूर्तिमा पसिना देखिएपछि क्षमा पूजा गरिएको वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभयो । पलाञ्चोक भगवती प्रसिद्ध शक्तिपीठ हुन् । यो मन्दिर पाँचखाल नगरपालिका–९ मा पर्छ । मन्दिरमा मूर्तिलाई स्नान गराई तान्त्रिक विधिअनुसार विशेष पूजाआजा तथा क्षमाप्रार्थना गरिएको हो । स्थानीय धार्मिक मान्यता तथा जनश्रुतिअनुसार पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आउनुलाई कुनै दैवी विपत्ति वा राजनीतिक सङ्कटको सङ्केतका रूपमा लिने गरिन्छ । स्थानीयका अनुसार २०७२ सालको भूकम्प, २०८१ सालको बाढीपहिरो तथा २०५८ सालको दरबार हत्याकाण्ड लगायतका घटनामा यस्तै सङ्केत देखिएको स्थानीयवासीले बताएका छन् । गत १० गते सुनकोसीमा आएको बाढीलाई स्थानीयले सोही दृष्टिले हेरेका छन् । क्षमा पूजामा पुजारीबाट गुप्त पूजा गरिएको थियो । -रास...
महिला हिंसा विरुद्ध न्यायिक समिति र मेलमिलापकर्ताबीच अन्तरक्रिया

महिला हिंसा विरुद्ध न्यायिक समिति र मेलमिलापकर्ताबीच अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
 मेलम्चीमा महिला हिंसा न्यूनीकरण तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा न्यायिक समिति, नगरस्तरीय मेलमिलाप केन्द्रका पदाधिकारी तथा सरोकारवाला निकायबीच एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजना ,महिला आत्मनिर्भरता केन्द्र मेलम्ची र फेयरमेड फाउन्डेसन नेपालको समन्वय तथा सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक उमा प्रधानले न्यायिक समितिले काम गर्ने क्रममा आइपर्ने बाधा तथा चुनौतीबारे आफूले जानकारी प्राप्त गरेको बताउनुभयो । उहाँले स्थानीयस्तरमै मेलमिलापमार्फत समस्या समाधान हुने वातावरण निर्माणका लागि आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । उपप्रमुख प्रधानले बालविवाह न्यूनीकरण तथा अन्त्य गर्न सके महिला हिंसा लगायतका धेरै सामाजिक समस्या समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जिल...

भोटेकोशी बाढीः सिन्धुपाल्चोकबाट २२४ सम्पर्कविहीन

#
सिन्धुपाल्चोक, ११ भदौः भोटेकोशीमा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ व्यक्ति सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भोटेकोशी गाउँपालिकाका ६५ बाह्रबिसे नगरपालिकाका ५९, बलेफी गाउँपालिकाका २९, सम्पर्कबिहीन भएको जानकारी दिनुभयो । त्यसैगरी, जुगलका १६, चौतारा साँगाचोकगढी नगरपालिकाका १४, मेलम्ची नगरपालिकाका १४, सुनकोशी गाउँपालिकाका १४, त्रिपुरासुन्दरी गाउँपालिकाका पाँच, हेलम्बु गाउँपालिकाका चार र लिसङ्खुपाखर गाउँपालिकाका तीन जना पनि सम्पर्कविहीन भएका छन् । सिन्धुपाल्चोकबाट कैलाशमान सरोवर जाने विदेशीका गाइड, भरिया, व्यापारी, गोसाइँकुण्ड गएका तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारिक काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन् । रासस...
रसुवा बाढीपीडितलाई मेलम्चीको साथः जनप्रतिनिधि र कर्मचारीले तीन दिनको तलब सहयोग गर्ने

रसुवा बाढीपीडितलाई मेलम्चीको साथः जनप्रतिनिधि र कर्मचारीले तीन दिनको तलब सहयोग गर्ने

ब्रेकिङ न्युज २, समाचार
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । मेलम्ची नगरपालिकाका जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय कर्मचारीलगायत नगरपालिकासँग सम्बन्धित कर्मचारीको तीन दिन बराबरको तलब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। सरकारले समेत प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपिल गरेको छ । विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा स...